सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १६ वैशाख २०८१, आईतबार । 

सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत सबै वडामा निशुल्क एकिकृत घुम्ती शिविर संचालन हुन लागेको हो ।

गाउँपालिकाले अस्ति शुक्रबार एक सुचना जारी गर्दै यहि बैशाख २४ गते सिमलचौर भन्ज्याङमा, २५ गते विश्व ज्योती प्रा.वि दोभानडाँडामा, २६ गते सेतिदेवी प्रा.वि ताम्लिङमा, २७ गते निमाणाधीन वडा कार्यालय भवन भोर्लेर्नीमा, २८ गते आधारभुत विद्यालय काशिखर्कमा, २९ गते ग्रामकाली मा.वि अमारेमा र ३० गते चालिसे स्वास्थ्य इकाईमा शिविर संचालन हुने जानकारी दिएको छ । 

शिविरमा स्वास्थ्य सँग सम्बन्धित प्रोटिन, युरिया, उच्च रक्तचाप, मधुमेहको परिक्षण, जेष्ठ नागरिक परिचयपत्र वितरण, पशु बन्ध्याकरण, औषधी वितरण, पशु रोगहरु सम्बन्धी परामर्श, बालिमा लाग्ने रोग निदानका लागी परामर्श साथै विउ विजन वितरण गरिने गाउँपालिकाद्धारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले एकिकृत घुम्ती शिविरमा उपस्थिति भई सेवा लिन सम्पुर्ण पालिका बासीलाई सुचना मार्फत अनुरोध पनि गरेको छ । 

 

 

प्रतिकृया दिनुहोस

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु