युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी, कमलामाई नगरपालिका सिन्धुलीको समन्वय तथा मानव तथा राष्ट्रिय विकास समाज (हयाड्स नेपाल) सिन्धुलीको आयोजना भएको स्थानीय तहमा युवाहरूको जवाफदेहिता सम्बन्धी युवा नागरिक स्कोर कार्ड कार्यक्रम हिजो बुधबार सम्पन्न भएको हो । 

स्थानीय तह र सरकार समक्ष युवाहरुको आफ्नो दक्षता, क्षमता, हकहित अधिकार प्राप्तिका लागि युवाहरुको आवाज सरकार संग पु¥र्याउने उदेश्यले युवा नागरिक स्कोर कार्ड कार्यक्रमको सुरु गरिएको हो ।

कार्यक्रममा विशेषगरि विद्यालयमा पानी शौचालय र विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र अवास गृहको सुविधाको विषयमा स्कोर भएका थिए । विद्यालयमा भएको स्कोर सर्वेक्षणको आधारमा विद्यालयमा भएका विधार्थीहरुको संख्या अनुसार पर्याप्त शौचालयको व्यवस्था नभएको र शौचालयको पर्याप्त व्यवस्था नहुदा विद्यालय संचालनका साथै पठन पाठनमा समेत असर पुगेको देखिएको छ ।

त्यस्तै, विद्यालयमा हुनु पर्ने अतिरिक्त क्रियाकलापमा पनि नियमितता नभएको र प्रर्याप्त खेल मैदान नहुदा विभिन्न अतिरिक्त क्रियाकलापमा हुन नसकेको देखिएको छ । तेस्रो स्कोरमा विद्यालयमा आवास गृह नहुदा बाहिरवाट अध्ययन गर्न आएका विद्यार्थीहरुले थप समस्या झेल्नु परेको स्कोरकोमा देखिएको छ । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुकै रोहवरमा विद्यालयमा भएका समस्याहरुको पहिचान गरी स्कोरिङ गरिएको थियो ।

विद्यायलमा भएको तिनवटै महत्वपुर्ण समस्या प्रति विद्यालयमा प्रधानाध्यापक टोम प्रसाद काफ्लेले आफ्नो धारणा राख्नु भएको थियो ।  तिनवटै सरकारले शिक्षा प्रतिको विकासमा गंम्भिर हुनु पर्ने र विकास नै शिक्षा हो, भन्ने मानसिकतामा सरकारहरुको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी, स्थानीय सरकारको पक्षवाट वडा अध्यक्ष उज्जवल थापाले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । सिमित स्रोत र साधनमा वडाहरुले भौतिक विकासलाई प्रथामिकतामा राखेर काम गरी रहेको अवस्थामा शिक्षा प्रतिको विकासमा केही कमी कमजोरीहरु भएको र अवका दिनमा विद्यालयका समस्याहरु प्रति आफु गम्भिर हुने बताउँनु भयो ।

प्लान इन्टरनेशनल नेपालीको साझेदारीमा मानव तथा राष्ट्रिय विकास समाज (हयाड्स नेपाल) सिन्धुलीले अहिले सम्म निकै राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि राम्रो कामका लागी सहभागी अभिभावकहरूले शुभकामना व्यक्त गरेका थिए । साल्स परियोजना अन्तर्गत स्थानीय तहमा युवाहरूको जवाफदेहिता युवा नागरिक स्कोर कार्र्ड कार्यक्रम नेपालकै पहिलो कार्यक्रम हो । जुन कार्यक्रम सिन्धुलीमा सुरु भएको छ ।  

कमलामाई नगरपालिका वडा नबर ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल सिन्धुलीमा सन्तोष थापा, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । साल्स परियोजनाका कार्यक्रम संयोजक सादेश मणि पोखरेलले कार्यक्रमको संचालन गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

आगलागीबाट गोठ जलेर नष्ट

रेडियो सिन्धुलीगढी, १० साउँन २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका ५ आम्बोटेमा आगलागी हुदाँ एक गोठ जलेर नष्ट भएको छ । हिजो बुधबार बिहान

radiosindhuligadhhi

सिन्धुलीमा चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

रेडियो सिन्धुलीगढी, १० साउँन २०८१, बिहिबार । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ रातोडाँडा बाट चोरीको दुई थान मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन् ।

radiosindhuligadhhi

भंसार चोरी पैठारी गरी ल्याइएको सामान भिमानबाट बरामद

रेडियो सिन्धुलीगढी, ०९ साउँन २०८१, बुधबार । भंसार चोरी पैठारी गरी ल्याईएको सामान सिन्धुलीको भिमानबाट बरामद गरिएको छ । हिजो दिउँसो ईलाका प्रहरी