आगामी निर्वाचन सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने : बागमती प्रदेश इञ्चार्ज भट्टराई 

radiosindhuligadhhi

सिन्धुली ।

आगामी निर्वाचन २०८४ सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले बताउँनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीले  आज बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

२०८४ को चुनावमा एमाले र काँग्रेस नै मुख्य प्रतिस्पर्धी रहने भएकाले यी दुई पाटीबिच चुनावी गठबन्धन भने नहुने उहाँले बताउनुभयो । उहाँले व्यवस्था विरोधी शक्तिहरुका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठ्न थालेपछि व्यवस्था जोगाउन दुई पार्टी एक ठाउँमा उभिएको बताउनुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउने शक्ति एमाले र कांग्रेसमा मात्रै भएको उहाँको दाबी छ । मुलुकको अर्थतन्त्र सुधार गर्न सरकारले प्रभावकारी रुपमा काम गर्ने उहाँले भनाई छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः

radiosindhuligadhhi

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य

radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)