सिन्धुलीमा भएको बोलेरो दुर्घटनामा थप एकको मृत्यु 

radiosindhuligadhhi

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीमा बिहिबार भएको बोलेरो दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका गोलञ्जोर गाउँपालिका–६ बस्ने ३५ वर्षीय पवन मर्साङ्गीको मृत्यु भएको हो । सिन्धुली अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो सँगै दुर्घटनामा परेर मृत्युृ हुनेको संख्या तीन पुगेको छ । बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका–६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै, बोलेरो दुर्घटनामा परि ११ जना घाईते भएका छन् । घाईते हुनेमा नाकाजोलीका ३२ बर्षीय टिका जंग र्राइ, २२ बर्षीय उदय लुङ्गेली मगर, १७ बर्षीया मेनुका मगर र ३७ बर्षीय हिमाल परियालाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी धुलिखेल रिफर गरिएको जनाईएको छ ।

नाकाजोलीमै बस्ने १८ बर्षीया जिना श्रेष्ठ, ४७ बर्षीया धनमाया वाईबा, २४ बर्षीया लिला मगर, २२ की समिना मगर, १९ बर्षीया बन्दना कोईराला, ५६ बर्षीय राजन प्रसाद कोईराला र क.न.पा ५ की ७८ बर्षीया डम्मर कुमारी कार्कीको भने सिन्धुली अस्पतालमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब कुमार कटुवालले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

radiosindhuligadhhi

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु 

  सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

radiosindhuligadhhi

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन