तामाङ र नेपाल भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजमा प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८१, सोमबार । 

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात नेवारी भाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएको छ । यस अवसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेवा: देय दवू सिन्धुलीका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।

तामाङ र नेपाल अर्थात् नेवारी भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय स्वागत योग्य रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी भरत खनालले त्यसलाई कार्यान्वयनमा कसरी जाने भन्ने कुरा चुनौतीपुर्ण रहेको बताउँनु भयो ।

बागमती प्रदेश सभा सदस्य सुकुमाया तामाङले बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरूले प्रयोग गर्ने मातृ भाषाको रूपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याएपछि अब तामाङ तथा नेवार समुदायको बाक्लो बसोबास रहेको बागमतीको अधिकांश जिल्लामा कार्यसम्पादन गर्न थप सहजता हुने विश्वास व्यक्त गर्नु भयो । 

यसैबिच, तामाङ र नेपाल अर्थात नेवारी भाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएका अवसरमा साझ कमलामाई नगरपालिका अगाडि जुनार स्तम्भमा दीप प्रज्जवलन  गरिएको छ । यसै अवसरमा आज बागमती प्रदेश सरकारले मातहतका सरकारी कार्यालयमा सार्वजनिक विदा  दिएको थियो । 

नेपाल तामाङ धेदुङ जिल्ला समन्वय समिति सिन्धुली तथा नेवा: देय दवू जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा नेपाल तामाङ धेदुङका अध्यक्ष सुरद बहादुर तामाङ, नेवा देय दबु केन्द्रिय सदस्य बिमला कुमारी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

आगलागीबाट गोठ जलेर नष्ट

रेडियो सिन्धुलीगढी, १० साउँन २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका ५ आम्बोटेमा आगलागी हुदाँ एक गोठ जलेर नष्ट भएको छ । हिजो बुधबार बिहान

radiosindhuligadhhi

सिन्धुलीमा चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

रेडियो सिन्धुलीगढी, १० साउँन २०८१, बिहिबार । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ रातोडाँडा बाट चोरीको दुई थान मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन् ।

radiosindhuligadhhi

भंसार चोरी पैठारी गरी ल्याइएको सामान भिमानबाट बरामद

रेडियो सिन्धुलीगढी, ०९ साउँन २०८१, बुधबार । भंसार चोरी पैठारी गरी ल्याईएको सामान सिन्धुलीको भिमानबाट बरामद गरिएको छ । हिजो दिउँसो ईलाका प्रहरी