अपाङ्गता भएका महिलाहरुको यौनिकता एवम् प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सिन्धुली । सिन्धुली अपाङ्ग महिला संघको पाँचौ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा अपाङ्गता भएका महिलाहरुको यौनिकता एवम् प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग महिला संघ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज आईतबार सिन्धुलीमाढीमा  सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख मञ्जु देवकोटाले १४ वटै वडाका सेवा सुविधाबाट बञ्चित रहेका अपाङ्गता भएका व्यक्तिहरु पहिचान गरि उनीहरुलाई सहायक सामग्री प्रदान गरिने बताउँनु भयो । अपाङ्गता भएका व्यक्तिहरुको आत्मवल बढाउन प्रत्येक वडामा कार्यक्रम संचालन गरिने बताउँदै उपप्रमुख देवकोटाले अपाङ्गमैत्री संरचना निमार्ण गरिने बताउँनु भयो । अपाङ्ग महिला संघ सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका वडा नम्बर ४ को सहकार्यमा भएको कार्यक्रममा अपाङगता भएका व्यक्ति, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को

radiosindhuligadhhi

गोलन्जोर गाउँपालिका ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक पुरुषको मृत्यु 

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा ट्याक्टर दुर्घटनामा हुँदा एक जना पुरुषको मृत्यु