सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने

radiosindhuligadhhi

 

रडियो सिन्धुलीगढी, १७ माघ २०७८, सोमबार सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने भएको छ ।  गाउँपालिकाको आर्थिक बर्ष ०७८ / ७९ मा प्रदेश सर्शत कार्यक्रम अनुसार बाबु आमा बिहिन बालबालिका संरक्षण कार्यक्रमको लागी गाउँपालिकाले गाउँपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बालकबालिकालाई मासिक भत्ता २ हजार उपलब्ध गराउँन लागेको आईतबार गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको हो ।

भत्ता लिनका लागी सम्बन्धित व्यक्ति वा संरक्षकको निवेदन, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वा नागरिकता भएमा नागरिकताको प्रतिलिपि, बाबु आमा दुबैको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि वा दुबै बेपत्ता भएका दुबैको संरक्षण र रेखदेखको बञ्चितमा परेको कागजात, ५ बर्ष उमेर पुगेका बालबालिकाको हकमा बिद्यालयमा भर्ना भई नियमित बिद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफासिर पत्र, संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र संबन्धित बालबालिकाको संरक्षण हो भनी वडा कार्यलयले दिएको सिफारिस पत्र लिएर १५ दिन भित्र सम्बन्धित वडा कार्यलयमा निबेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।
    
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

फिक्कल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरी सहितको घार वितरण गर्ने

रेडियो सिन्धुलीगढी, २९ पुष २०७९, शुक्रबार /  सिन्धुलीको फिक्कल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गर्ने भएको छ । गाउँपालिका र

radiosindhuligadhhi

कोभिड १९ को कारण स्वदेश फर्कि बसेकाहरुलाई सिपमुलक तालिम संचालन हुने

रेडियो सिन्धुलीगढी, ०८ कात्तिक २०७८, सोमबार/ कमलामाई नगरपालिकाले बैदेशिक रोजगारमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कि बसेकाहरुलाई सिपमुलक तालिम

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ भिमानमा रहेको दिवा -सेवा भवन उद्घाटन

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको दिवा सेवा भवनको उद्घाटन गरिएको छ ।  आज ३१ आँै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कमलामाई