फिक्कल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरी सहितको घार वितरण गर्ने

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २९ पुष २०७९, शुक्रबार /  सिन्धुलीको फिक्कल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गर्ने भएको छ । गाउँपालिका र हेफर प्राजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुलीको सि.सि.एस नेपालको सहजिकरणमा संचालित साझेदारी कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक बर्ष २०७९ ८० मा कृषि विकास कार्यक्रम अन्तर्गत पालिका भित्रका मौरी पालक कृषकलाई अनुदानमा मौरी सहितको घार वितरण गर्न लागिएको गाउँपालिकाले एक सुचना मार्फत जनाएको हो ।

यस्तै, गाउँपालिकाले वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गर्ने छ । अनुदानमा प्लाष्टिक टनेल लिनका लागी टनेल घर निमार्ण गर्नका लागी कृषि समुहमा आबद्ध कृषकहरुको जग्गाको पहिचान गरि सोको धनी पुर्जाको प्रतिलिपि, कृषक समुह, कृषि फर्मको हकमा संस्था दर्ता नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि लिई पर्सीे आईतबार भित्र निवेदन पेस गर्नुपर्ने छ ।

व्यवसायिक रुपमा मौरीपालन गर्न चाहाने कृषकले निवेदन, आर्थिक बर्ष २०७९, ८० को मालपोतमा तिरेको रसिदको प्रतिलिपि, मौरीको घार निमार्ण गर्नका लागी जग्गाको पहिचान गरि सोको धनी पुर्जाको प्रतिलिपि र निवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि लिई पर्सीे आईतबारभित्र गाउँपालिकाको कृषि शाखामा निवेदन पेस गर्न गाउँपालिकाले सबै कृषकलाई सुचना मार्फत आग्रह गरेको छ ।



 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने

  रडियो सिन्धुलीगढी, १७ माघ २०७८, सोमबार सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबलिकालाई मासिक भत्ता उपलब्ध गराउँने भएको छ ।

radiosindhuligadhhi

कोभिड १९ को कारण स्वदेश फर्कि बसेकाहरुलाई सिपमुलक तालिम संचालन हुने

रेडियो सिन्धुलीगढी, ०८ कात्तिक २०७८, सोमबार/ कमलामाई नगरपालिकाले बैदेशिक रोजगारमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कि बसेकाहरुलाई सिपमुलक तालिम

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ भिमानमा रहेको दिवा -सेवा भवन उद्घाटन

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको दिवा सेवा भवनको उद्घाटन गरिएको छ ।  आज ३१ आँै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कमलामाई