लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा सार्वजनिक भएको छ । सुनुवार जातिको पहिचानको वकालत गर्ने लघु चलचित्र ‘गो सु नङारु’ शिव मुखियाले निर्देशन गर्नुभएको हो भने कथा कलाकार इँगिहोपो कोँइच सुनुवारले रचना गर्नुभएको हो ।  

यस चलचित्रमा सुनुवार जातिको आफ्नो भाषा संस्कृतिको महत्व दर्शाइएको छ । चलचित्रमा छोटो समयमै धेरै कुरा समेट्ने प्रयास गरिएको छ । पछिल्लो समय सुनुवार भाषाको बोलीचालीमा आधुनिकतासँगै बसाइँसराइका कारण कमी आएको पाइनुका साथै आफ्नो जातीय पहिचानमा पनि अज्ञानता बढ्दै जानुका कारण चलचित्रको शीर्षक अनुरुप नै ूगो सु नङा रुू अर्थात ूम को हुँ रुू भन्ने कुरालाई देखाउन खोज्नु समय सान्दर्भिक छ ।

चलचित्रमा शहरमा हुर्केको सुर्य जो आफ्नो जातिको संस्कार, संस्कृतिको बारेमा अन्जान हुन्छ । उसको साथीहरुले ूतँ सुनुवार हो भने सुनुवार भनेको कस्तो जाति हो रुू भन्ने प्रश्नमा उत्तर दिन नसकेपछि ूआफू को हुँ रुू भन्ने प्रश्नको उत्तर खोज्ने कौतुहलताले डोराएको सुर्यको यात्रा हो चलचित्र ूगो सु नङा रुू ।  यो समस्या सुनुवार जातिको मात्र नभएर पछिल्लो समय सम्पूर्ण आदिवासीहरुको पनि सवाल बनेर उठेको छ ।

यो लघु चलचित्र २०७४ मा निर्माण सम्पन्न भएर विभिन्न देश, विदेशको चलचित्र महोत्सवहरुमा भाग लिई प्रथम स्थानको उपाधीपनि हात पार्न सफल भएको थियो ।

चलचित्रको मुख्य कलाकारमा जीवन सुनुवार किरात, लेख बहादुर सुनुवार, केर कोइँच लिनुच, पूजा सुनुवार, लक्ष्मी सुनुवार, सम्रान्त थापा, सबिन कट्टेल, सावित्री सुनुवार, एलिना सुनुवार लगायतका कलाकारहरुको अभिनय रहेको छ भने छायाँकनमा आशिष लिम्बु र अमृत सुनुवार, छायाँकन सहयोगी मणिराज सुनुवार किरात, मेकअपमा पूजा सुनुवारका साथै मुख्य निर्देशन सहयोगी केर कोइँच लिनुच, प्रथम निर्देशन सहयोगी लक्ष्मी सुनुवार र निर्माण व्यवस्थापक बृहशमान सुनुवारको रहेको छ ।

हाँबा, दोलखा र काठमाडौंमा छायांकन गरिएको लघु चलचित्र ‘गो सु नङा रु’ सुनुवार आर्टिस्ट एण्ड फिल्ममेकर सोसाईटी -SAF Society_ युट्युब च्यानलबाट साउन १५ गते शुक्रबार सार्वजनिक गरिएको हो ।

 

https://www.youtube.com/watch?v=kCTgjJU9GWA

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौँ / काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक

radiosindhuligadhhi

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ असोज २०७८, आईतबार/ जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

radiosindhuligadhhi

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

रेडियो सिन्धुलीगढी, २९ स्रावन, शुक्रबार / सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सुनुवार सेवा