सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०३ असोज २०७८, आईतबार/ जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । “स्वदेशमा रोजगार गरौँ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔ” भन्ने नाराको साथ सुरक्षित आप्रवासन परियोजना (सामि) अन्र्तगत कार्यक्रम भएको हो । कार्यक्रममा  नेपालमा वैदेशिक रोजागरको वर्तमान  अवस्था, अवसर तथा चुनौतिको विषयमा सामी प्रदेश संयोजक तरुण कान्त अधिकारीले सहजिकरण गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा सामी परियोजनाको परिचय, कार्य प्रणाली, सरोकारवालाहरु, कार्यक्रमको गतिविधि तथा अपेक्षित उपलब्धिका बारेमा जानकारी गराइएको थियो । साथै परियोजना अन्तर्गतका समग्र प्रयास सुचना, सिप, कानुनी सेवा, वित्तिय सारक्षरता र मनोसमाजिक परामर्श सेवा लगाएत भावी कार्यदिशाको बारे समेत जानकारी  गराइएको थियो । कार्यक्रममा कमलामाई नगरपालिकाका सामाजिक शाखा प्रमुख बविन्द्र लाल माझिले वैदेशिक रोजगारसँग सम्बन्धीत नितिगत प्रवधान तथा संयन्त्रहरुको बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्लामा स्थानिय तथा राष्ट्रिय संचार माध्यमका छापा तथा विद्युतिय पत्रिका, एफ.एम रेडियो, टेलिभिजनमा कार्यरत प्रत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौँ / काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक

radiosindhuligadhhi

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

रेडियो सिन्धुलीगढी, २९ स्रावन, शुक्रबार / सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सुनुवार सेवा

radiosindhuligadhhi

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा