सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

radiosindhuligadhhi

काठमाडौँ / काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्याङ्क समेटिएको छ ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेक संस्थाले जनाएको छ ।

सन् २०२२ मा राज्य पक्षाबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षाबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिनुभयो ।

सार्वजनिक तथ्याङ्क अनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।
महिलाविरुद्धको हिंसामा पनि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ हजार ६ सय २३, सुदूरपश्चिम प्रदेशमा ९ सय ५६, प्रदेश १ मा ४ सय ५७, बागमती प्रदेशमा ४ सय ३४, गण्डकी प्रदेशमा ३ सय ३७, कर्णाली प्रदेशमा २ सय ११ र मधेश प्रदेशमा २ सय १० जना पीडित भएका इन्सेकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मानव अधिकार संरक्षणमा राज्यको अहम भूमिका रहेको बताउनु भयो । साथै उहाँले देशमा भइरहेका हिंसा हत्या र विकृती, विश्वसङ्गती हटाउन मानव अधिकार वर्ष पुस्तकले चेतना प्रभाह गर्दै आइरहेको छ । तसर्थ महिला हिंसाका घटनाहरू कमि ल्याउनको लागि सबैले सचेत मूलक कार्यक्रम गर्नुपर्ने र यस्ता घटनाहरू न्यूनकरणको लागि राज्य सम्वेदनशिल भएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भयो । मानव अधिकार र कानूनीशासन संविधानले पदत गरेका मौलिक हक अधिकारलाई कार्यन्यन गर्न राज्य सम्वेदनशिल रहेको बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ असोज २०७८, आईतबार/ जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

radiosindhuligadhhi

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

रेडियो सिन्धुलीगढी, २९ स्रावन, शुक्रबार / सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सुनुवार सेवा

radiosindhuligadhhi

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा