सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २९ स्रावन, शुक्रबार / सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको अध्यक्ष कर्ण बहादुर सुनुवारको अध्यक्षता तथा सुनुवार सेवा समाजका केन्द्रिय सदस्य टंक माया सुनुवारको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीले आज प्रथम वार्षिक साधारण सभा गरेर आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय प्रस्तुत गरेको हो । 

कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको कोषाध्यक्ष नरेश कुमार सुनुवारले प्रस्तुत गर्नुभएको थियो । 

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको आर्थिक वर्ष २०७७÷०७८ को आय तर्फ ४ लाख ८० हजार ९ सय ४१ रुपैया रहेको छ भने व्यय तर्फ ४ लाख ८० हजार ९ सय ४१ रुपैया नै खर्च भएको विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सुनुवार सेवा समाजका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको सचिव जिवन कुमार सुनुवारले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित

काठमाडौँ / काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक

radiosindhuligadhhi

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ असोज २०७८, आईतबार/ जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

radiosindhuligadhhi

लघु चलचित्र ‘गो सु नङा रु’ युट्युबमा सार्वजनिक

रेडियो सिन्धुलीगढी, १७ स्रावन, आईतबार/ सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले निर्माण गरेको लघु चलचित्र ‘गो सु नङारु’ ९म को हुँ रु० युट्युवमा