फोटोपत्रकार श्रेष्ठलाई “आईएचआई फोटोजर्नलिस्ट एप्रिसिएसन अवार्ड २०२६” प्रदान गरिने

रेडियो सिन्धुलीगढी, १७ बैशाख २०८२, बिहिबार ।
सिन्धुलीका फोटोपत्रकार उधव कुमार श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित “आईएचआई फोटोजर्नलिस्ट एप्रिसिएसन अवार्ड २०२६” प्रदान गरिने भएको छ । उक्त अवार्ड बंगलादेशको राजधानी ढाकामा आगामी मार्च १ मा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने तय भएको हो ।
इम्पेरियल होटल इन्टरनेसनल (आईएचआई)को सेलिब्रेसन काउन्सिलद्वारा आयोजित समारोहमा श्रेष्ठलाई फोटोपत्रकारिता, घटना दस्तावेजीकरण तथा सृजनात्मक दृश्य कथनका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको हो ।
यसैबिच, श्रेष्ठले सिन्धुलीका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूको आकर्षक तस्बिरहरू ढाकामा हाल भइरहेका विभिन्न कार्यक्रम तथा प्रदर्शनीहरूमा समेत प्रस्तुत गरिरहनु भएको छ । उहाँको यी प्रदर्शनीहरूले सिन्धुलीको पर्यटन सम्भावना र सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउन महत्वपूर्ण योगदान दिइरहेका छन् ।
श्रेष्ठ हाल राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीका अध्यक्ष हुनुका साथै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्यसमेत हुन् ।

सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित
काठमाडौँ / काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०३ असोज २०७८, आईतबार/ जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न
रेडियो सिन्धुलीगढी, २९ स्रावन, शुक्रबार / सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनुवार सेवा




प्रतिकृया दिनुहोस