हरिहरपुरगढी गाउँपालिका २ र ४ वडा अन्तर्गतका होटल तथा पसलहरुको अनुगमन

SITENAME

 रेडियो सिन्धुलीगढी, १३ असोज २०८३, मंगलबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ र ४ अन्तर्गत मदन भण्डारी लोकमार्ग आसपासमा रहेका ९ वटा विभिन्न होटल तथा पसलहरुमा अनुगमन गरिएको छ । गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सिन्धुली; उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले हिजो मंगलबार संयुक्त अनुगमन गरेको हो ।

अनुगमनको क्रममा दुई वटा पसलबाट म्याद गुज्रेका सामान बरामद गरी जरिवाना गरिएको छ । म्याद गुज्रेका सामान बिक्रीवितरण नगर्न पटक पटक सचेत गराउँदासमेत अटेर गर्ने हरिहरपुरगढी २ चैनपुरको वर्णवाल सप्लायर्स र वडा नम्बर ४ महेन्द्रझ्याडीको उत्तम किराना पसलमाथि कारबाही गरिएको हो ।

वर्णवाल सप्लायर्सबाट करिब ४७ हजार ५ सय रुपैयाँ बराबरको म्याद गुज्रेका सामान जफत गरी २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै उत्तम किराना पसलबाट करिब ८ हजार रुपैयाँ बराबरको बिक्रीवितरण गर्न राखिएको म्याद गुज्रिएको सामान जफत गरी १५ हजार रुपैयाँ जरिवाना गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमन टोलीले व्यवसाय दर्ता/नविकरण, स्थायी लेखा नम्बर दर्ता, अन्तशुल्क, बिक्री बिल दिने प्रक्रिया भए/नभएको, खाद्य अनुज्ञापत्र लिए/नलिएको, मासु तथा मिठाइको गुणस्तर, ग्यासको तौल र मूल्य, खरिद बिल भए/नभएको, यसअघिको निर्देशन पालना भए/नभएको लगायत विषयको अनुगमन गरी आवश्यक निर्देशन दिएको छ ।

अनुगमन टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले गर्नुभएको थियो । अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्र बहादुर थापामगर, सोहि कार्यालयका उद्यम विकास सहजकर्ता पुष्पा राजवंशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दिनेश सुवेदी र सोही कार्यालयका खाद्य निरीक्षक अतिश घिमिरे, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका ना.सु. नहकुल ढकाल, गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटा र पालिकाका उद्यम विकास सहजकर्ता पोष्टराज बिश्वकर्मा लगायत रहनुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

विश्व पर्यटन दिवसमा ‘फोर्ट स्टेज राइड’ को तेस्रो संस्करणको तयारी: हरिहरपुरगढीमा अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव

रेडियो सिन्धुलीगढी, १० असोज २०८३, शनिबार । नेपालको ऐतिहासिक सम्पदा संरक्षण र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ३९०.५ किलोमिटर

SITENAME

मिलिजुली बचत तथा ऋण सहकारीको २४ औँ बार्षिक साधारण सभा सम्पन्न 

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । जिल्लाको कमलामाई

SITENAME

सिन्धुलीका सम्पदा, गन्तव्य, हरित आतिथ्य र रैथाने खाद्य प्रणालीको डिजिटल म्यापिङमा विद्यार्थी सहभागी

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून

↑