सिन्धुलीका सम्पदा, गन्तव्य, हरित आतिथ्य र रैथाने खाद्य प्रणालीको डिजिटल म्यापिङमा विद्यार्थी सहभागी

SITENAME

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार ।

आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून कार्बन पर्यटकीय करिडोर निर्माणको पूर्वतयारी स्वरूप स्टोरीसाइकलले सिन्धुली क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक बस्तीहरूको डिजिटल नक्साङ्कन तीव्र बनाएको छ । 

जस अन्तर्गत आज ( शुक्रबार) कमलामाई नगरपालिका ६ मा रहेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुका लागि गन्तव्य तथा सम्पदा म्यापिङ, वासस्थान तथा हरित आतिथ्य म्यापिङ र स्थानीय खाद्य प्रणाली म्यापिङ सम्बन्धी अन्तरक्रियात्मक सत्रको आयोजना गरिएकोे छ । कार्यक्रमको सहजीकरण स्टोरीसाइकलका निर्देशक तथा टिम लिड सौरभ ढकालले गर्नुभएको थियो । कार्यक्रममा सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

भोलि (शनिबार) हरिहरपुरगढी क्षेत्रमा पुगेर गाउँपालिकाको संयोजनमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र युवाहरूसँग डिजिटल म्यापिङ तथा हरित आतिथ्य सम्बन्धी छलफल एवं नक्साङ्कन कार्य अगाडि बढाउने छ ।

सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई साइकलमार्फत जोडी ललितपुर निस्किने यस फोर्ट स्टेज राइड करिडोरले स्थानीय रैथाने उत्पादनको प्रवद्र्धन गर्ने, खाद्यान्न ढुवानीबाट हुने कार्बन उत्सर्जन घटाउने र सिन्धुलीका पर्यटकीय बस्तीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखेका स्टोरीसाइकलका निर्देशक तथा टिम लिड ढकालले जानकारी दिनु भयो। 
 

प्रतिकृया दिनुहोस
SITENAME

विश्व पर्यटन दिवसमा ‘फोर्ट स्टेज राइड’ को तेस्रो संस्करणको तयारी: हरिहरपुरगढीमा अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव

रेडियो सिन्धुलीगढी, १० असोज २०८३, शनिबार । नेपालको ऐतिहासिक सम्पदा संरक्षण र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ३९०.५ किलोमिटर

SITENAME

मिलिजुली बचत तथा ऋण सहकारीको २४ औँ बार्षिक साधारण सभा सम्पन्न 

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । जिल्लाको कमलामाई

SITENAME

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा

रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन

↑