विश्व पर्यटन दिवसमा ‘फोर्ट स्टेज राइड’ को तेस्रो संस्करणको तयारी: हरिहरपुरगढीमा अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव

SITENAME

रेडियो सिन्धुलीगढी, १० असोज २०८३, शनिबार ।

नेपालको ऐतिहासिक सम्पदा संरक्षण र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’ (Fort Stage Ride) को तेस्रो संस्करणको तयारी अभियान तीव्र पारिएको छ । स्टोरीसाइकल १५ स्थानीय तहहरुको संयुक्त पहलमा सुरु भएको यस अभियानले बागमती प्रदेशका १५ वटा स्थानीय तह र ऐतिहासिक गढीहरूलाई एउटै सूत्रमा जोड्नेछ ।

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सञ्चालित यस अभियानअन्तर्गत आगामी डिसेम्बर २०२६ मा आयोजना हुन लागिरहेको साइकलिङ उत्सव तथा दिगो पर्यटकीय करिडोर निर्माणको पूर्वतयारी स्वरूप आज ऐतिहासिक हरिहरपुरगढीमा विशेष अन्तक्र्रियात्मक सेसन सम्पन्न भएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको संयोजन तथा स्टोरीसाइकलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, युवा, हरिहरपुरगढीका इतिहासका जानकार तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा हरिहरपुरगढीको ऐतिहासिक महत्त्व र यहाँको सामुदायिक वनको अवस्थाबारे विस्तृत छलफल हुनुका साथै सामुदायिक वनका सहभागीहरूले वन क्षेत्रभित्र बनाइने अग्नि रेखा लाई वातावरणमैत्री साइकल लेन को रूपमा विकास गर्न सकिने महत्त्वपूर्ण सुझाव दिएका छन । यस प्रस्तावले वन संरक्षणका साथै साहसिक पर्यटनको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

मुख्य तीन स्तम्भमा आधारित अध्ययन र तेस्रो संस्करणको तयारी अभियानका टोली प्रमुख दिपक श्रेष्ठका अनुसार विगतका गहन अध्ययन र अघिल्ला संस्करणहरूको सफलताका आधारमा तेस्रो संस्करणको कार्य अघि बढाइएको हो। यो अध्ययन मुख्यतया तीन क्षेत्रमा केन्द्रित छ:

न्यूनकार्बन पर्यटन:पर्यटन क्षेत्रबाट हुने कार्बन उत्सर्जनलाई २० देखि ३० प्रतिशतले घटाउने ।

 स्थानीय अर्थतन्त्रस् पर्यटन आम्दानीको कम्तीमा ८० प्रतिशत हिस्सा स्थानीय होमस्टे र युवा व्यवसायीसम्म पुर्याउने ।

सम्पदा पुनर्जागरणस् ऐतिहासिक गढी र पुराना पदमार्गलाई आधुनिक पर्यटकीय गन्तव्य बनाउने ।

जनस्वास्थ्य र साहसिक खेलको संगम टोलीका सदस्य तथा जनस्वास्थ्य विज्ञ दीप राजा थापाले यो अभियानले शारीरिक र सामाजिक सुस्वास्थ्यलाई समेत प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँका अनुसार पर्माकल्चर, माइन्डफुलनेस र स्थानीय इतिहासलाई विश्वभरका पर्यटकमाझ पुर्या।उन साइकल भ्रमण एक उत्कृष्ट माध्यम हो ।

त्यस्तै, नेपाल साइकल संघका सचिव तथा प्राविधिक टोली प्रमुख देवेन्द्र बस्नेतले यस ट्रेलले नेपालमा लामो दूरीको साहसिक साइक्लिङ खेल र वातावरणमैत्री पर्यटनको दोहोरो सम्भावनालाई उजागर गर्ने उल्लेख गर्नुभयो ।

‘चक्रिय ट्रेल’ (Circular Trail) को नयाँ अवधारणा यसअघि स्टोरी साइकलले अध्ययन गरेको ‘एकीकरण पदमार्ग’ र नमोबुद्धदेखि फिक्कलसम्मको ‘ग्रेट महाभारत ट्रेल’लाई संयोजन गरी यो नयाँ चक्रिय मार्गको विकास गरिएको हो ।

 स्टोरीसाइकलका निर्देशक एवं टिम लिड सौरभ ढकाल भन्नुहुन्छ, “विगतका विभिन्न रुटहरूको सम्भाव्यता अध्ययनपछि अहिले तिनलाई एकीकृत गरी चक्रिय मार्गको रूपमा विकास गर्न र तेस्रो संस्करणलाई भव्य बनाउन जुटेका हौँ। काभ्रेको खोपासी पात्लेखेत हुँदै सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीलाई जोड्ने यस करिडोरमा स्थानीय हरित आतिथ्य स्थानीय रैथाने उत्पादनको खपत र डिजिटल प्रविधिको प्रयोगबाट मात्र दिगो पर्यटन सम्भव हुन्छ।”

यस्तो छ ३९०.५ किमी चक्रिय यात्राको रुट यो ऐतिहासिक यात्रा ललितपुर महानगरपालिका वडा नं. ६, कनिबहालबाट सुरु भएर: लुभु – लामाटार – पनौती – नमोबुद्ध – बालुवाटार – हायुगाउँ – कोटगाउँ – बन्दीपुर – नागी मजुवा – सिन्धुलीगढी – सिन्धुलीमाढी – मरिण – पञ्चकन्या पोखरी – घण्टे – हरिहरपुरगढी – फापरबारी – फूर्केचौर – मकवानपुरगढी – टीकाभैरव हुँदै पुनः कनिबहालमै पुगेर टुङ्गिनेछ। यस यात्राले बागमती प्रदेशका ऐतिहासिक किल्ला, वनजंगल र प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटन परिपथमा जोड्नेछ।

प्रतिकृया दिनुहोस
SITENAME

मिलिजुली बचत तथा ऋण सहकारीको २४ औँ बार्षिक साधारण सभा सम्पन्न 

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । जिल्लाको कमलामाई

SITENAME

सिन्धुलीका सम्पदा, गन्तव्य, हरित आतिथ्य र रैथाने खाद्य प्रणालीको डिजिटल म्यापिङमा विद्यार्थी सहभागी

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून

SITENAME

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा

रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन

↑