संविधान दिवसको अवसरमा नवज्योति बहिरा माविका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण

SITENAME

रेडियो सिन्धुलीगढी, ०३ असोज २०८३, शनिबार ।

संविधान दिवसको अबसरमा जिल्लाको कमलामाई नगरपालिका ६ मा रहेको नवज्योति बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । कमलामाई नगरपालिकाको आयोजना तथा सिन्धुली जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा चिकित्सालय सिन्धुलीको समन्वयमा हिजो (शुक्रबार) शिविर संचालन गरी विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । 

स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउँने उद्देश्यका साथ विद्यालयको प्राङ्गणमै शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत मानसिक स्वास्थ्य परामर्श, पोषण अवस्था मूल्याङ्कन, महिनावारी स्वच्छता सेवा तथा सरसफाईका सामग्रीहरू उपलब्ध गराइनुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरिएको थियो ।

यसैबिच, सोहि अबसरमा नगरपालिकाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शैक्षिक तथा खेलकुद सामग्री समेत वितरण गरेको छ ।

कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले यस्ता कार्यक्रमहरूले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाको पहुँच विस्तार गर्दै नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन टेवा पुग्ने धारणा राख्नु भयो । उहाँले स्थानीय सरकारले नागरिकको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा निरन्तर जिम्मेवार भएर काम गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्कि, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारी एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली अस्पतामा मोतियाविन्दु शल्यक्रिया सेवा सुरु

सिन्धुली, ०३ भदौ २०८३ । सिन्धली अस्पताल, सिन्धुलीले आँखाका विरामीहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ । पाटन स्वास्थ्य विज्ञान

SITENAME

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने

SITENAME

सिन्धुली पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

रेडियो सिन्धुलीगढी, १५ असार २०८३, सोमबार । सिन्धुली जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । ५ बर्षमुनिका सबै

↑