सिन्धुली पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

रेडियो सिन्धुलीगढी, १५ असार २०८३, सोमबार ।
सिन्धुली जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । ५ बर्षमुनिका सबै बालबालिकालाई प्राणघातक रोगहरुबाट बचाउनका लागी राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपश्चात वडा, पालिका हुदै आज (सोमबार) एक बिशेष समारोहका बिच यस जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले नेपालमा वि.सं. २०३४ सालदेखि विफर रोग उन्मूलनका लागि खोप अभियान सुरु भएको स्मरण गर्दै खोपकै कारण दादुरा, रुबेला लगायतका प्राणघातक रोग नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो । उहाँले नियमित खोप कार्यक्रमले बाल मृत्युदर घटाउन महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदर न्यूनीकरणमा समेत प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले माध्यमिक तहका विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको पनि उहाँले बताउनुभयो ।
मन्त्री थापाले सरकारले उपलब्ध गराउने ९८ प्रकारका निःशुल्क औषधिमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न डिजिटल हेल्थ प्रोफाइल कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । यस प्रणालीमार्फत प्रत्येक पालिकामा रहेका मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौला लगायतका रोगको तथ्यांकका आधारमा योजना निर्माण र औषधि व्यवस्थापन गरिने उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष कार्साङ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता कायम गर्न खेलेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले जिल्लाका सबै बालबालिकाको पूर्ण खोप सुनिश्चित गर्दै उनीहरूको नैसर्गिक अधिकार संरक्षणप्रति प्रतिबद्धता जनाउँदै सामूहिक रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
.jpeg)
बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने

स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुसँग एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न
सिन्धुली । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रि वितरण नियन्त्रण ऐन २०४९ र स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुसँग एक दिवसीय अभिमुखिकरण
..jpeg)
पूर्वी नेपालमा पहिलो पटक : बिराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस उपचार सुरु
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक दुई नयाँ र उन्नत उपचार पद्धति हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु




प्रतिकृया दिनुहोस