सिन्धुली अस्पतामा मोतियाविन्दु शल्यक्रिया सेवा सुरु

सिन्धुली, ०३ भदौ २०८३ ।
सिन्धली अस्पताल, सिन्धुलीले आँखाका विरामीहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको प्रविधिक सहयोगमा हिजो (मंगलबार) सिन्धुली अस्पतालमा मोतियाविन्दुका १५ र आँखामा मासु पलाएका ५ गरी २० जनाको शल्यक्रिया गरिएको हो ।
गत श्रावण २६ गतेदेखि २९ गतेसम्म २ सय ५० जना विरामीको जाँच तथा स्कृनिङ गर्दा मोतियाविन्दु र आँखामा मासु पलाएका गरी २० जनाको अपरेशन गर्नु पर्ने पाइए पछि अस्पतालमै शिविर संचालन गरी अपरेशन गरिएको थियो ।
आज (बुधबार) अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै हिजो शल्यक्रिया गरिएको बिरामीहरुको आँखाको पट्टी खोलि उनीहरुलाई चिया खाजा खुवाएर विदा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सिन्धुली अस्पतालले सुरु गरेको आँखा शल्यक्रिया कार्यक्रमको प्रशंशा गर्दै यसको निरन्तरताका लागि कमलामाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो।
त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा सिन्धुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकालले विभिन्न चुनौतिहरुका बाबजुत सिन्धुली अस्पतालमा आँखा उपचारको कार्यक्रम सुरु भएको बताउँदै यस कार्यमा सघाउने बागमती प्रदेश सरकार र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई धन्यवद ज्ञापन गर्नुभयो । उहाँले सिन्धुली अस्पताललाई सुक्षित र व्यवस्थित बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
शिविर समापनको अवसरमा पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान ललितपुरका आँखा चिकित्सक डा. पवन महतलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

.jpeg)
बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने

सिन्धुली पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा
रेडियो सिन्धुलीगढी, १५ असार २०८३, सोमबार । सिन्धुली जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । ५ बर्षमुनिका सबै

स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुसँग एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न
सिन्धुली । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रि वितरण नियन्त्रण ऐन २०४९ र स्तनपान सम्बन्धी सरोकारवाला निकायहरुसँग एक दिवसीय अभिमुखिकरण






प्रतिकृया दिनुहोस