भिमानमा वडा स्तरीय म्याराथन प्रतियोगिता सम्पन्न

SITENAME

रेडियो सिन्धुलीगढी, १९ कार्तिक २०८३, बिहिबार ।

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा वडा स्तरीय म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । शुभ दीपावली तथा छठ पर्वको अवसरमा वडा कार्यालय तथा वडा स्तरीय बाल संजालको आयोजनामा भएको प्रतियोगिता आज (बिहिबार) वडा प्राङ्गणमा सम्पन्न भएको हो ।

प्रतियोगितामा बालबालिका, युवा तथा विभिन्न उमेर समूहका नागरिकहरू गरि करिब ३ सय ५० जनाको सहभागिता रहेको थियो । प्रतियोगिता आठ वटा उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस किसिमका प्रतियोगिताले बालबालिका, युवा तथा आम नागरिकमा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र सामाजिक एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताउँनु भयो । 

कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटाले खेलकुद स्वस्थ, अनुशासित र सभ्य समाज निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो । खेलकुद बालबालिका तथा युवाका लागि मात्र नभई सबै उमेर समूहका नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उत्तिकै आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा वडा अध्यक्ष विनोद प्रधानले कार्यक्रम सफल बनाउँन सहयोग गर्नुहुने सम्पुर्ण व्यक्तित्वहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, इलाका प्रहरी कार्यालय, भिमान स्वास्थ्य चौकी तथा रानीवास स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधिहरू, सामुदायिक तथा संस्थागत विद्यालय, वडा स्तरीय बाल क्लब, न्यायिक समिति, नेपाल रेडक्रस सोसाइटी भिमान, युवा क्लब, वडा परिवार, अभिभावक, स्थानीय तथा सर्वसाधारण नागरिकहरूको उपस्थिति रहेको थियो ।
 

May be an image of one or more people, dais and textMay be an image of one or more people, temple and text

May be an image of one or more people, people smiling and textMay be an image of one or more people, people playing football, people playing soccer and text

प्रतिकृया दिनुहोस
SITENAME

संविधान दिवसको अवसरमा नवज्योति बहिरा माविका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण

रेडियो सिन्धुलीगढी, ०३ असोज २०८३, शनिबार । संविधान दिवसको अबसरमा जिल्लाको कमलामाई नगरपालिका ६ मा रहेको नवज्योति बहिरा माध्यमिक विद्यालयका

SITENAME

सिन्धुली अस्पतामा मोतियाविन्दु शल्यक्रिया सेवा सुरु

सिन्धुली, ०३ भदौ २०८३ । सिन्धली अस्पताल, सिन्धुलीले आँखाका विरामीहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ । पाटन स्वास्थ्य विज्ञान

SITENAME

बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने

↑