शैक्षिक गुणस्तर सुधारका लागि कुण्डेश्वर माविमा वृहत शैक्षिक भेला सम्पन्न 

SITENAME

रेडियो सिन्धुलीगढी, २४ साउन २०८३, आईतबार ।

सिन्धुलीको कमलामाई नगरपालिका १२ बेसारेबेसीमा अवस्थित श्री कुण्डेश्वर माध्यमिक विद्यालयमा वृहत शैक्षिक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि नेपालीको अध्यक्षतामा भएको कार्यक्रम आज (आईतबार) सम्पन्न भएको हो ।

विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाईमा पु¥याउन र विद्यालयको समग्र विकासको लागि सामूहिक छलफल तथा योजना निर्माण गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र समयानुकूल बनाउने बिषयमा सरोकारवालाबीच आवश्यक योजना निर्माण तथा सहकार्यका विषयमा छलफल भएको छ।

यस भेलाले विद्यालयमा “कुण्डेश्वर शैक्षिक विकास समाज” समिति गठन गरेको छ । जसको अध्यक्षमा नारायण प्रसाद दहाल, उपाध्यक्षमा सुमित्रा आले, सचिवमा ललित कुमार श्रेष्ठ, कोषाध्यक्षमा यम कुमार आछामे रहेका छन् भने सदस्यमा अशोक कुमार के.शी.,विजय दहाल, विनय दहाल, पाण्डव बराल, भोज कुमारी आले, रन्जु माझी, तारा कटुवाल, सिता न्यौपाने र सोम बहादुर घिसिङ रहेका छन् । 

भेलामा सहभागीहरूले विद्यालयको शैक्षिक विकासका लागि व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको समग्र उन्नयनमा सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललित कुमार श्रेष्ठ, विद्यालयका शिक्षकहरु, समाजसेवीहरू, बुद्धिजीवीहरू, जग्गादाताहरू, चन्दादाताहरू, अक्षयकोष दाताहरू, पूर्व शिक्षक/कर्मचारीहरू, पूर्व शिक्षक अभिभावक संघका सदस्यहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, पूर्व विद्यार्थीहरू, अभिभावक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

दुधौलीमा पालिका स्तरीय स्टीम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न, सिन्धुली सनराइज बोर्डिङ स्कुल प्रथम

रेडियो सिन्धुलीगढी, २३ जेठ २०८३, शनिबार । दुधौली नगरपालिकामा पालिका स्तरीय स्टीम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । दुधौली ४ मा

SITENAME

चार कोठे विद्यालय भवन तथा लैङ्गिकमैत्री र समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

रेडियो सिन्धुलीगढी, २० जेठ २०८३, बुधबार । २०८१ साल असोज १२ र १३ गते परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सुनकोसी गाउँपालिका १ दुम्जास्थित

SITENAME

दुधौलीमा पालिका स्तरीय बाल तथा किशोरी भेला सम्पन्न

रेडियो सिन्धुलीगढी, १२ जेठ २०८३, मंगलबार । जिल्लाको दुधौली नगरपालिकामा आर्थिक वर्ष २०८३/०८४ को योजना छनौटको लागि पालिका स्तरीय बाल तथा किशोरी भेला