दुधौलीमा पालिका स्तरीय बाल तथा किशोरी भेला सम्पन्न

रेडियो सिन्धुलीगढी, १२ जेठ २०८३, मंगलबार ।
जिल्लाको दुधौली नगरपालिकामा आर्थिक वर्ष २०८३/०८४ को योजना छनौटको लागि पालिका स्तरीय बाल तथा किशोरी भेला कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा ह्याण्डस नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा भएको कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको हो ।
बालबालिका तथा किशोरीहरूको आवाजलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नगरपालिका अन्तर्गतका ७ वडाबाट बाल क्लब र किशोरी क्लबका ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी बालबालिका तथा किशोरीहरूले शिक्षा, स्वास्थ्य, बाल अधिकार, किशोरी सुरक्षा, विद्यालय व्यवस्थापन, मानसिक स्वास्थ्य, बालमैत्री वातावरण, लैंगिक हिंसा न्यूनीकरण, सरसफाइ तथा बाल संरक्षण लगायतका विषयमा आफ्ना समस्या, आवश्यकता र सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा बालमैत्री तथा किशोरीमैत्री योजनाहरू समावेश गर्न माग गरेका थिए ।
भेलाबाट विद्यालयमा सुरक्षित तथा बालमैत्री वातावरण निर्माण, किशोरीहरूका लागि स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन, विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था, बाल क्लब तथा किशोरी समूहको सशक्तीकरण, बाल अधिकार सम्बन्धी अभिमुखीकरण, विद्यालयमा दिवा खाजा तथा सरसफाइ व्यवस्थापन, बालमैत्री शौचालय निर्माण, मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा बाल सहभागिता प्रवद्र्धन सम्बन्धी योजना निर्माण गरी कार्यवाहक नगर प्रमुखलाई माग पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा दुधौली नगरपालिका कार्यवाहक नगर प्रमुख चन्द्र किश्वार थारुले बालबालिका तथा किशोरीहरूको सक्रिय सहभागिता स्थानीय सरकारको समावेशी योजना निर्माण प्रक्रियाको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले बालबालिकाले उठाएका सवालहरूलाई गम्भीरतापूर्वक ग्रहण गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले बालबालिकाको सहभागिता सुनिश्चित गर्नु स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५, बाल अधिकार सम्बन्धी महासन्धि तथा बालमैत्री स्थानीय शासन सम्बन्धी राष्ट्रिय मापदण्डको भावना अनुरूप रहेको उल्लेख गर्दै स्थानीय तहले बाल अधिकार संरक्षण र प्रवद्र्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी बाल क्लब तथा किशोरी क्लबका प्रतिनिधिहरूले आफ्नो आवाज स्थानीय तहसम्म पुग्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरूले बालबालिका र किशोरीका मुद्दालाई योजनाबद्ध रूपमा सम्बोधन गरिए समुदायस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका थिए ।

दुधौलीमा पालिका स्तरीय स्टीम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न, सिन्धुली सनराइज बोर्डिङ स्कुल प्रथम
रेडियो सिन्धुलीगढी, २३ जेठ २०८३, शनिबार । दुधौली नगरपालिकामा पालिका स्तरीय स्टीम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । दुधौली ४ मा

चार कोठे विद्यालय भवन तथा लैङ्गिकमैत्री र समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण
रेडियो सिन्धुलीगढी, २० जेठ २०८३, बुधबार । २०८१ साल असोज १२ र १३ गते परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सुनकोसी गाउँपालिका १ दुम्जास्थित

कमलामाईमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धी कार्यशाला सम्पन्न
रेडियो सिन्धुलीगढी, ३ जेठ २०८३, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिकामा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।




प्रतिकृया दिनुहोस