उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली नमुना कार्यालयको रूपमा शुभारम्भ

SITENAME

रेडियो सिन्धुलीगढी, ३१ असार २०८३, बुधबार ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीलाई नमुना कार्यालयको रूपमा शुभारम्भ गरिएको छ । आज (बुधबार) उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीका कार्यालय प्रमुख टेकेन्द्रकुमार थापाको अध्यक्षता तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै यस कार्यालयलाई नमुना कार्यालयको रुपमा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा कार्यालय प्रमुख थापाले नमुना कार्यालय अवधारणाअन्तर्गत कार्यालयमा एकद्वार सेवा प्रणाली पूर्ण रूपमा लागू गरिएको जानकारी दिनुभयो । अबदेखि राजस्व दाखिला कार्यालयबाटै हुने व्यवस्था मिलाइएको, सेवाग्राहीमैत्री प्रतीक्षालय र सेवाग्राही कक्ष निर्माण गरिएको, स्तनपान कक्ष व्यवस्थापन, सिसिटिभी जडान, विद्युतीय हाजिरी प्रणाली सञ्चालन, कार्यालयको वेबसाइट निर्माण तथा मोबाइल चार्जिङ सुविधासहितको प्रतीक्षालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।साथै, ‘एक कार्यालय एक वस्तु विकास केन्द्र’ समेत शुभारम्भ गरिएको जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट, लक्ष्यअनुसार खर्च हुन नसक्नुका कारण, प्राप्त प्रगति, चालु आर्थिक वर्षमा संकलित राजस्व तथा कार्यालयले सम्पन्न गरेका महत्वपूर्ण कार्यबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

May be an image of dais

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले बजेट विनियोजन भए पनि समयमै कार्यविधि नबन्दा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । अब साउन महिनाभित्र आवश्यक कार्यविधि तयार गरी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँको भनाइ थियो ।

उहाँले करको दर बढाउनेभन्दा करको दायरा विस्तार गर्ने सरकारको नीतिअनुसार आर्थिक विधेयकमार्फत उद्योग दर्ता नवीकरण शुल्क ५० प्रतिशतले घटाइएको जानकारी दिनुभयो । यस निर्णयले उद्योग दर्ता तथा प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

May be an image of one or more people and people smiling

मन्त्री श्रेष्ठले यस वर्षदेखि हरेक वर्ष मंसिर २८ गते हस्तकला दिवस मनाउने निर्णय गरिएको जानकारी दिँदै पहिलो हस्तकला दिवसका अवसरमा काठमाडौंको हनुमानढोकामा बागमती प्रदेशका १३ जिल्लाका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरूको प्रत्यक्ष प्रदर्शनी आयोजना गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले उद्योग दर्ताको संख्या बढाउनु मात्र कार्यालयको उद्देश्य नभएको उल्लेख गर्दै दर्ता भएका उद्योग सञ्चालनमा छन् वा छैनन्, अनुदानका लागि मात्र दर्ता भएका त होइनन् भन्ने विषयमा नियमित अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो ।

May be an image of one or more people and people smiling

उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले पर्याप्त बजेट विनियोजन भए पनि अपेक्षाअनुसार काम हुन नसकेको बताउँनु भयो । इच्छुक नागरिकले भन्दा राजनितिक दलका कार्यकर्ताहरुको तालिम पाउँने गरेको बताउँदै उहाँले तालिम पश्चात सिप प्रयोगमा नआएको गुनासो गर्नुभयो ।

May be an image of one or more people

जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले कार्यविधि ढिलो बन्नुका कारण विनियोजित बजेट खर्च हुन नसकेको बताउँनु भयो । एउटा जिल्लालाई मेल खाने गरि कार्यक्रम ल्याउँनु भन्दा प्रदेश भित्रका सबै जिल्लाका भौगिलक अवस्था र आवश्यकताका आधारमा कार्यक्रमहरुको योजना बनाई बजेट विनियोजन गरिनुपर्ने उहाँको भनाई थियो । 


कार्यालयलाई नमुना कार्यालको रुपमा शुभारम्भ गरेरमात्र नहुने बताउँदै प्रदेस सभा सदस्य सुष्पा भुजेलले यसलाई कार्यान्वयनमा ल्याउँनुपर्ने बताउँनु भयो । उहाँले जिल्लाको उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

May be an image of one or more people and people smiling

उद्यमी बिमला काफ्लेले उद्यमीको हित र उत्पादनमूलक क्षेत्रको विकासका लागि थप प्रभावकारी तथा व्यावहारिक कार्यक्रम ल्याउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

May be an image of one or more people and people smiling
कार्यक्रममा जिल्लाका उद्यमी व्यवसायी, पत्रकार लगायत कार्यालयमा कार्यरत कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली अदालतमा एक वर्षमै ४ सय ३८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

रेडियो सिन्धुलीगढी, ०४ साउन २०८३, सोमबार । जिल्ला अदालत सिन्धुलीमा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढेका छन् । सोमबार

SITENAME

हरिहरपुरगढी गाउँपालिकामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला 

रेडियो सिन्धुलीगढी, २९ असार २०८३, सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुक फेला पारेको छ । हिजो (आईतबार) प्रहरी चौकी

SITENAME

सिन्धुलीका तीन स्थानीय तहहरुद्धारा चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक 

रेडियो सिन्धुलीगढी, २८ असार २०८३, आईतबार । सिन्धुलीका तीन स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । आर्थिक