चार कोठे विद्यालय भवन तथा लैङ्गिकमैत्री र समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

रेडियो सिन्धुलीगढी, २० जेठ २०८३, बुधबार ।
२०८१ साल असोज १२ र १३ गते परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको सुनकोसी गाउँपालिका १ दुम्जास्थित प्राथमिक विद्यालय नेपालथोकको नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सिन्धुली एकिकृत विकास समाज (सिड्स नेपाल)ले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गरी व्यवस्थित शौचालयसहित सुनकोसी गाउँपालिका मार्फत विद्यालयलाई हस्तान्तरण गरेको हो ।
सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपककुमार घिमिरेका अनुसार भ्याटसहित करिब १ करोड ३२ लाख रुपैयाँ लागतमा चार कोठे सुरक्षित विद्यालय भवन तथा लैङ्गिकमैत्री र समावेशी शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
बाढीले विद्यालय भवन पूर्ण रूपमा क्षति गरेपछि सुरुमा अस्थायी टहरो (टिएलसी) निर्माण गरेर पठनपाठन सञ्चालन गरिएको थियो । त्यसपछि स्थायी संरचना निर्माणको काम अघि बढाइएको सुनकोसी गाउँपालिकाले जनाएको छ ।
सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले विपद्का कारण पालिकाभित्रका धेरै विद्यालयमा क्षति पुगेको बताउँदै दातृ निकायको सहयोगमा विद्यालय भवनहरू आधुनिक, सुरक्षित र आकर्षक बन्दै गएको बताउँनु भयोे ।
सुनकोसी गाँउपालिकाभर दुई बर्ष अगाडी रोशी र कोसीमा आएको बाढीले आसपासका अधिकांश विद्यालय भवन पुर्ण क्षति गरेको थियो । यसका अलवा पहिरोका कारण अन्र्य धेरै विद्यालय पुर्ण क्षति भएको र पुर्ननिर्माणका कामहरु हुदै आएको गाँउपालिकाले जनाएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि कुण्डेश्वर माविमा वृहत शैक्षिक भेला सम्पन्न
रेडियो सिन्धुलीगढी, २४ साउन २०८३, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका १२ बेसारेबेसीमा अवस्थित श्री कुण्डेश्वर माध्यमिक विद्यालयमा वृहत शैक्षिक

दुधौलीमा पालिका स्तरीय स्टीम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न, सिन्धुली सनराइज बोर्डिङ स्कुल प्रथम
रेडियो सिन्धुलीगढी, २३ जेठ २०८३, शनिबार । दुधौली नगरपालिकामा पालिका स्तरीय स्टीम तथा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । दुधौली ४ मा

दुधौलीमा पालिका स्तरीय बाल तथा किशोरी भेला सम्पन्न
रेडियो सिन्धुलीगढी, १२ जेठ २०८३, मंगलबार । जिल्लाको दुधौली नगरपालिकामा आर्थिक वर्ष २०८३/०८४ को योजना छनौटको लागि पालिका स्तरीय बाल तथा किशोरी भेला





प्रतिकृया दिनुहोस