स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न 

radiosindhuligadhhi

सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको  समन्वयमा भएको कार्यक्रम हिजो आईतवार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय मानव अधिकार  आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम उपसचिव पवन कुमार भट्टले मानव अधिकारको संरक्षण सम्वर्द्धन र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व राज्यको भएतापनि त्यसमा साझेदारी पहरेदारी र खवरदारी गर्ने काम नागरिक समाजको भएकाले समय सन्दर्भ र परिस्थिति अनुरुप नागरिक चनाखो हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । 

मानव अधिकार प्रशिक्षण कार्यक्रमले नागरिकलाई  हक र अधिकारको बारेमा जानकारी गराउनुका साथै कर्तव्यप्रति उत्प्रेरित गर्ने उहाँको भनाई थियो । उहाँले विकास निर्माणका कामहरुलाई पारदर्शिता र मानव अधिकार मुखी पद्धतीले हेर्नु पर्ने कुरामा जोड दिदैं आगामी आर्थिक वर्षको वजेट तर्जुमा गर्दा मानव अधिकार मैत्री तरिकाबाट गर्नका लागि सहभागिलाई आग्रह गर्नु भएको थियो । 

मानव अधिकार प्रशिक्षण कार्यक्रमका अध्यक्ष तथा फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वर वहादुर रजन मगरले फिक्कल गाउँपालिका मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि सदैव तत्पर रहेको बताउनु भयो । 

उहाँले मानव अधिकारको हनन सत्ता र पहुचमा भएका व्यक्तिबाट हुने हुदा यस्ता प्रकारका कार्यक्रमले सबैलाई सचेत गराउनुका साथै सेवा प्रति अभिप्रेरित गर्ने बताउँनु भयो ।  उहाँले  गाउँपालिकाले आगामी वर्षको बजेटमानै मानव अधिकारको विषय समावेश गरेर कार्यक्रमका लागि वजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । 

नेपालको संविधानले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन वमोजिम गर्ने उल्लेख गरेको छ । स्थानीय तह जनताको सबै भन्दा नजिकको र जनतालाई प्रत्यक्ष रुपमा सेवा सुविधा उपलब्ध गराउने सरकार मात्र नभई स्थानीय जनताको आवश्यकता वमोजिम कानुन बनाउने तथा न्याय समेत दिने महत्वपूर्ण तह हो । 

नेपालको सन्दर्भमा अधिकार सम्पन्न स्थानीय तहको अभ्यास लामो समय देखि नभएकोले पनि स्थानीय तहले प्राप्त गरेको अधिकारको प्रभावकारी अभ्यास, जनतालाई प्रभावकारी भूमिका निर्वाह गरी स्थानीय तह प्रति जनताको आस्था र विश्वास वृद्धि गरी सामाजिक तथा राजनितिक स्थायित्वमा मानव अधिकारमैत्री सेवा प्रदान गर्दै मानव अधिकार संस्कृतीको विकास गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको स्वाधिन पत्रिकाका प्रधान सम्पादक रुद्र बहादुर खड्काले जानकारी दिनुभयो ।

मानव अधिकार र सुशासनका सम्बन्धमा सम्बन्धित पक्षलाई जानकारी प्रदान गर्ने, विकास निर्माणको योजना तर्जुमा तथा कार्यान्वयलाई जनसहभागिता मूलक ढंगबाट लागु गर्न जानकारी प्रदान गर्ने,  स्थानीय सरकार र जनताको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने जानकारी प्रदान गर्ने, स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने पद्धती बारे जानकारी दिने, मानव अधिकार सम्बन्धी विषय वस्तुगत जानकारी गराउने,  स्थानीय सरकारलाई मानव अधिकार मैत्री बजेट तर्जुमा गर्न उत्प्रेरित गराउने, नेपाल सरकारको मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्य योजना संयन्त्र स्थानीय सरकारले कार्यान्वयन गर्न उत्प्रेरित गराउने,  लैङ्गिक मैत्री र सिमान्तकृत तथा वहिष्करणमा परेका वर्ग समुदायको मानव अधिकारलाई प्राथमिकतामा राख्न उत्प्रेरित गराउने लगायतका उदेश्य रहेको थियो ।

कार्यक्रमका प्रशिक्षकहरु राष्ट्रिय मानव अधिकार  आयोग बागमती प्रदेश हेटौंडाका प्रमुख एवम उपसचिव पवन कुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरे लगाएतका व्यक्तिहरुले सुशासन ,मानव अधिकार राष्ट्रिय कार्ययोजना  र स्थानीय तहको भुमिका, महिला अधिकार र लैङ्गिक विभेद, मानव अधिकार र मौलिक हक, मेलमिलाप र स्थानीय न्यायिक समितिको भूमिकाको बारेमा सहजीकरण गर्नु भएको थियो । 

फिकल्ल गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागी संचालित स्थानीय तह र मानव अधिकार प्रशिक्षण कार्यक्रममा कसरी स्थानीय तहमा मानव अधिकारलाई सुनिश्चित गर्न सकिन्छ, स्थानीय तहले योजना तर्जुमा गर्दा कसरी सिमान्तकृत, पछाडिपारिएका, आवाज विहिन तथा राज्यको मुलधारमा आउन नसकेका व्यक्तिको अधिकारको संरक्षण गर्न सक्छ, मानव अधिकारको संरक्षणमा स्थानीय तहको भुमिका के के रहन्छ भन्ने बारेमा जानकारी गराइएको आयोजकले जनाएको छ ।

ऊक्त कार्यत्रममा स्थानीय तहका जन प्रतिनिधिहरु, नागरिक समाज र कर्मचारी गरि जम्मा ५४ जनाको सहभागीता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

विश्व वातावरण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना कार्यालय सिन्धुलीद्धारा वृक्षरोपण 

रेडियो सिन्धुलीगढी, २२ जेठ २०८२, बिहिवार ।  चुरे उत्थानशील आयोजना कार्यालय सिन्धुलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमको आयोजना

radiosindhuligadhhi

दुधौली नगरपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

रेडियो सिन्धुलीगढी, २२ जेठ २०८२,  बिहिवार । सिन्धुलीको दुधौली नगरपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

radiosindhuligadhhi

तीनपाटनमा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

रेडियो सिन्धुलीगढी, २१ जेठ २०८२, बुधवार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ