सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार ।

सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो सोमबार भिमान चेकपोस्टबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीमा सवार यात्रुबाट सुन जस्तो देखिने पहेलो धातु र गरगहना नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान १० बजे चेकजाँच गर्ने क्रममा बा ४ ख ५५४० नम्बरको फोर्स गाडीमा सवार विक्रम साहको साथबाट ती सामग्री नियन्त्रणमा लिइएको हो । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८, जगतपुरका ४८ वर्षीय साहले कपडाभित्र टेपले बेरी चारवटा प्याकेटमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त सुन र गरगहना प्रहरीले फेला पारेको थियो । ती पहेँलो धातु र गरगहनाको बिल विजक नभेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रहरीले साहको झोलाबाट ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँको काँचो सुनजस्तो देखिने बिस्कुट आकारका टुक्रा दुई थान बरामद गरेको छ । साथै, औँठी ७३ थान, मंगलसुत्र पाँच थान, झुम्का÷टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिराजस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो–सानो पोकामा १२ थान, भिभो मोबाइल एक थान तथा नगद १९ हजार रुपैयाँसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार ।  मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी

radiosindhuligadhhi

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला मगर निर्वाचित 

रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार ।  नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला रजन मगर निर्वाचित भएकी छन् । आज शनिवार

radiosindhuligadhhi

फोनिज जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा पुन रोहित कुमार गुरुङ चयन 

रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार ।  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीको सातौ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन