मरिणमा बोलेरो गाडी र कार आपसमा ठक्कर खादा सडक पेटीमा बसेकी महिलाको मृत्यु
रेडियो सिन्धुलीगढी, ११ मंसिर २०८१, मंगलबार ।
सिन्धुलीको मरिण गाउँपालिका ७ देउजोर स्थित मदनभण्डारी राजमार्गमा बोलेरो गाडी र कार आपसमा ठक्कर खाई दुर्घटना हुँदा सडक पेटीमा बसेकी महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा ७६ बर्षीय बुद्धलक्ष्मी श्रेष्ठ रहेकी छिन् । हिजो दिउँसो २.२० बजे नारायणगढबाट विराटनगरतर्फ आउँदै गरेको बा ७५५४ नम्बरको कार र बिपरित दिशा सिन्धुलीबाट हेटौडा तर्फ जाँदै गरेको बा.प्र.०३००१ च १६२३ नम्बरको बोलेरो आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
कार र बोलेरो आपसमा ठक्कर खाई बोलेरो पल्टिदा बुद्धलक्ष्मी घाईते भएकी थिईन् । घाईते भएकी उनलाई सिन्धुली अस्पताल ल्याईएकोमा २.५० बजे डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए । कारमा अन्य ३ जना मानिसहरु रहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो । प्रहरीले कार चालक मोरङ विराटनगर नगरपालिका १२ का ६४ बर्षीय ओम बहादुर अर्जाल र चितवन भरतपुर महानगरपालिका १६ बस्ने बोलेरो चालक पृतम परियारलाई नियन्त्रणमा लिएको छ ।
तीनपाटन गाउँपालिकामा नि:शुल्क दन्त शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, १८ मंसिर २०८१, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर संचालन हुने भएको छ । गाउँपालिकाको आयोजना तथा समाज
सिन्धुलीमा ६९ जना मोतिबिन्दु बिरामीहरुको निःशुल्क आँखा अपरेसन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । सिन्धुलीमा मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क आँखा अपरेसन शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस
कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा मैनाली चयन
रेडियो सिन्धुलीगढी, १६ मंसिर २०८१, आईतबार । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा प्रेमनाथ मैनाली ९बासु० सर्वसम्मत चयन
प्रतिकृया दिनुहोस