दुई दिने विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न 

radiosindhuligadhhi

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ मा रहेको कौशिका मा.वि. ग्वालटारमा संचालन भएको दुई दिने विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामति कर्मचारी अस्पताल काठमाडौंको संयुक्त आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संचालन भएको शिविर हिजो (शनिबार) सम्पन्न भएको हो ।

शिविर अस्ति शुक्रबार र हिजो शनिबार दुई दिन संचालन भएको थियो । दुई दिनसम्म संचालन भएको शिविरमा शुक्रबार पहिलो दिन ४ सय ३२ महिला र २ सय ९८ पुरुष गरि जम्मा ७ सय ३० जनाले १ हजार ७ सय २९ वटा सेवा प्राप्त गरेका थिए । 

त्यस्तै, शिविरको दोस्रो दिन अर्थात हिजो शनिवार १ हजार २ सय ६७ गरि जम्मा दुई दिन संचालन भएको शिविरमा १ हजार ९ सय ९७ जनाले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

शिविरमा हाडजोर्नी तथा नशा रोग सेवा, जनरल मेडिसिन सेवा, स्त्री तथा प्रस्तुति रोग सेवा, छाला रोग सेवा, जनरल सर्जरी सेवा, दन्त रोग सेवा, मनोरोग सेवा, बाल रोग सेवा, आँखा रोग सेवा, फेमिली मेडिसिन सेवा, फिजियोथेरापी सेवा, इ.सि.जी.सेवा, भिडियो एक्सरे सेवा, औषधि वितरण सेवा (फार्मेसी सेवा), रगत परिक्षण सेवा (ल्याव सेवा), एक्सरे सेवा, साधारण शल्यक्रिया सेवाहरु प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर सम्पन्न 

रेडियो सिन्धुलीगढी, ०६ वैशाख २०८१, बिहिबार ।  सिन्धुलीको मरिण गाउँपालिकमा महिलाहरुका लागी निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी

निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर मरिणमा संचालन हुने 

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकमा महिलाहरुका लागी निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर संचालन

radiosindhuligadhhi

प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा निशुल्क आँखा शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १९ मंसिर २०८०, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा एक दिने