निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, ०६ वैशाख २०८१, बिहिबार ।
सिन्धुलीको मरिण गाउँपालिकमा महिलाहरुका लागी निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ मचौलीको कल्पबृक्ष स्वास्थ्य चौकीमा अस्ति मंगलबार र हिजो बुधबार वडा नम्बर ७ को जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा भएको शिविरमा कुल ४ सय ९३ जनाको सेवा लिएका थिए । शिविरमा जाँच गराएका मध्येबाट १६ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो ।
मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको शिविरमा पाठेघर सम्बन्धी रोगहरु, आँङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर सम्बन्धी भिआईए जाँच, स्तन क्यान्सर र शंकास्पद क्षयरोगीहरुको लागी निशुल्क स्क्रिनिङ जाँच, खकार जाँच उपचार र निशुल्क औषधी वितरण गरिएको थियो ।

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

सिन्धुलीमा अस्पतालमा ५ सय १ महिलाले गराए निःशुल्क स्वास्थ्य परिक्षण
रेडियो सिन्धुलीगढी, २१ वैशाख २०८२, आईतवार । सिन्धुलीमा अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण

हरिहरपुरगढीमा वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुँदै
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आगामी वैशाख २३, २४, र २५ गते निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन
प्रतिकृया दिनुहोस