निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर मरिणमा संचालन हुने 

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकमा महिलाहरुका लागी निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर संचालन हुने भएको छ । 
गाउँपालिकाको वडा नम्बर ३ मचौलीको कल्पबृक्ष स्वास्थ्य चौकीमा बैशाख ४ गते मंगलबार र ५ गते बुधबार वडा नम्बर ७ को जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा शिविर संचालन हुने छ। 

मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन हुने शिविरमा पाठेघर सम्बन्धी रोगहरु, आँङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर सम्बन्धी भिआईए जाँच, स्तन क्यान्सर र शंकास्पद क्षयरोगीहरुको लागी निशुल्क स्क्रिनिङ जाँच, खकार जाँच उपचार र निशुल्क औषधी वितरण गरिने छ । शिविर बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने छ । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी माईक्रोस्कोपी खकार जाँच शिविर सम्पन्न 

रेडियो सिन्धुलीगढी, ०६ वैशाख २०८१, बिहिबार ।  सिन्धुलीको मरिण गाउँपालिकमा महिलाहरुका लागी निशुल्क पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागी

radiosindhuligadhhi

प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा निशुल्क आँखा शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १९ मंसिर २०८०, मंगलबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा एक दिने

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउँने महिलाहरुलाई प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउँने

रेडियो सिन्धुलीगढी, ०६ असोज २०८०, शनिबार सिन्धुलीको सुनकोसी गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई प्रोत्साहन स्वरुप भत्ता