कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ ६० औँ राष्ट्रिय  बालदिवसको अवसरमा शनिवार एक कार्यक्रमका बिच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सबै तहगत खुड्कीलाहरु, सुचकहरु र मापदण्डहरु पुरा गरी बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष उज्जवल कुमार थापाले जानकारी दिनुभयो । 

बालमैत्री वडा घोषणा गर्न सहयोग गर्नु हुने सम्पुर्ण व्यक्तित्व एंव संस्थाहरुलाई धन्यवाद दिदै प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि श्याम कुमार घिमिरेले बालअधिकारप्रति सचेतना जागृत गर्ने कुरामा बालमैत्री वडा घोषणाले काम गर्ने बताउँनु भयो । कमलामाई नगरपालिकाको १४ वटा वडाहरुमध्ये यस वडा पहिलो बालमैत्री वडा घोषणा भएको वडा हो । 

बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, उप प्रमुख मञ्जु देवकोटा ,जि.स.स उप प्रमुख शान्ता कार्की, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी, जिल्ला भित्रका विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, शाखा प्रमुखहरु, स्वास्थ्य चौकी कर्मचारीहरु, नगर भित्रका सरकारी / सस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, पत्रकारहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ असोज २०८१, बिहिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी

radiosindhuligadhhi

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य

radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)