विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना
रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार ।
विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी पत्रकार र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सिन्धुली अस्पताल सिन्धुलीकी मेडिकल अधिकृत अपर्ना कार्कीले आत्महत्या भनेको के हो, यसका लक्षण, यसको अवस्था, कानुनी प्रावधान, रोकथामका उपायहरु र समस्या तथा चुनौतीको बारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।
सिन्धुली अस्पताल, एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) की घटना व्यवस्थापक सुनिता शर्माले ओसिएमसि स्थापना भएदेखि हासम्म २ हजार १ सय ८१ जनाले सेवा लिएको बताउँनु भयो । ती मध्ये ओसिएमसिमा काउनसिलिङगका लागी फलोअपमा आईरहेका सेवाग्राहीको संख्या १ हजार ४ सय १० रहेको छ । मानसिक तथा मनोसामाजिक समस्या भई उपचार पाएका तथा औषधी सेवन गरिरहेका सेवाग्राहीको संख्या १ सय ४५ जना रहेको र १ सय ४५ जना मध्ये फलोअपमा रहेको सेवाग्राहीको संख्या १ सय २३ रहेको उनले बताईन् ।आत्महत्या वा आत्महत्याको सोच आएमा निशुल्क टोल फ्रि नम्बर ११६६ मा सम्पर्क गरि परामर्श लिन सकिने छ ।
चाडपर्व आफ्नो गक्ष अनुसार मात्रै मनाउन वडा अध्यक्ष थापाको आग्रह
रेडियो सिन्धुलीगढी, २३ असोज २०८१, बुधबार । नेपालीहरुको महानचाड दशै, तिहार तथा छठ पर्वको अबसर पारेर कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको फुलबारी टोल
सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सिन्धुली । सिन्धुलीको विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वका लागि लामो तथा छोटो
सिन्धुलीमा हायस दुर्घटना हुँदा १५ जना घाईते
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । आज शुक्रबार बिहान काठमाण्डौबाट मोरङ
प्रतिकृया दिनुहोस