कमलामाई नगरपालिकाद्धारा नगरभित्रका कृषकलाई कृषि औजार वितरण
रेडियो सिन्धुलीगढी, १२ असार २०८१, बुधबार ।
सिन्धलीको कमलामाई नगरपालिकाले नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । कृषि शाखाको आयोजनामा आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कृषि यान्त्रिकरण वितरण (साझेदारी) कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि औजार वितरण गरिएको हो ।
आज बुधबार नगरभित्रका ३१ जना कृषकलाई २२ थान मिनि टिलर, ३ थान पावर टिलर, ३ थान रिपर र ३ थान मल्टी क्राप थ्रेशर वितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषि प्रणालीलाई आधुनिकीकरण तर्फ उन्मुख गराउँन, कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषि कार्यमा किसानलाई सहयोग पु¥याउने औजार वितरण गरिएको हो । नगरपालिकाले विगतका सालहरुदेखिनै कृषि उपकरणहरु वितरण गर्दै आएको छ ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो
रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ ।
लोकतान्त्रिक चौरमा आयोजना गरिएको औद्योगिक तथा प्रदर्शनी मेला सम्पन्न
रेडियो सिन्धुलीगढी, २१ जेठ २०८१, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौरमा संचालन भएको औद्योगिक तथा प्रदर्शनी मेला सम्पन्न भएको छ
कमलामाई नगरपालिकाद्धारा ५ वटा वडाका कृषकलाई बाख्रा वितरण
रेडियो सिन्धुलीगढी, ०४ जेठ २०८१, शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाले ५ वटा वडाका कृषकलाई बाख्रा वितरण गरेको छ । कमलामाई नगरपालिका पशु विकास
प्रतिकृया दिनुहोस