लोकतान्त्रिक चौरमा आयोजना गरिएको औद्योगिक तथा प्रदर्शनी मेला सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २१ जेठ २०८१, सोमबार ।

सिन्धुलीको कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौरमा संचालन भएको औद्योगिक तथा प्रदर्शनी मेला सम्पन्न भएको छ । कमलामाई नगरपालिकाको उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा हिजो आईतबार बाट सुरु भएको औद्योगिक तथा प्रदर्शनी मेला आज सोमबार सम्पन्न भएको हो ।

नगरभित्र संचालनमा रहेको उद्योग व्यवसाय, कृषि, पशुपालन, सहकारी उद्योग तथा हस्तकला उद्योगहरुको उत्पादनलाई बजारीकरण र बिक्री प्रवद्र्धन गर्ने उदेश्यले औद्योगीक तथा प्रदर्शनी मेलाको आयोजना गरिएको हो । 

दुई दिने औद्योगिक तथा प्रदर्शनी मेला समारोहमा जम्मा ३२ वटा स्टलहरु रहेको थियो भने ३ सय २ जना व्यक्तिहरुले अवलोकन गरेका छन् । व्यवसायीहरुको अनुसार करिव  ६ लाख ५० हजार बराबरको कारोबार भएको छ ।   

उद्योगलाई प्राथमिकता दिएर कृषिलाई व्यवसाय गराउन आवश्यक रहेको बताउँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कृषिलाई व्यवसायी नगराउँदा सम्म किसानहरुले भने जस्तो प्रतिफल लिन नसक्ने बताउँनु भयो ।

साथै, स्थानीय सरकारले उद्योग, व्यवसायहरुलाई प्राथमिकतामा राखी गरिबी÷बेरोजगारीको अन्त्यको लागी स्थानीय सरकार लागीपर्ने बताउनु भयो । कार्यक्रममा उद्यमीहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको थियो ।

 कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा को अध्यक्षता तथा कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उप प्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरु र उद्यमीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि मनाईयो

रेडियो सिन्धुलीगढी, १५ असार २०८१, शनिबार ।  २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ सिन्धुलीमा पनि भव्यताका साथ मनाईएको छ ।

radiosindhuligadhhi

कमलामाई नगरपालिकाद्धारा नगरभित्रका कृषकलाई कृषि औजार वितरण 

रेडियो सिन्धुलीगढी, १२ असार २०८१, बुधबार ।  सिन्धलीको कमलामाई नगरपालिकाले नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । कृषि शाखाको आयोजनामा

radiosindhuligadhhi

कमलामाई नगरपालिकाद्धारा ५ वटा वडाका कृषकलाई बाख्रा वितरण

रेडियो सिन्धुलीगढी, ०४ जेठ २०८१, शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाले ५ वटा वडाका कृषकलाई बाख्रा वितरण गरेको छ । कमलामाई नगरपालिका पशु विकास