सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खस्दा अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग संचालन
रेडियो सिन्धुलीगढी, ०४ असार २०८१, मंगलबार ।
सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खस्दा अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग संचालनमा आएको छ । उक्त राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ६ अकरे भिरमा आज बिहान १०.१५ बजेको समयमा सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खस्दा बाटो दुई तर्फि अबरुद्ध भएको थियो ।
सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खसि बाटो अबरुद्ध भएको छ भन्ने खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट हैबारबेसिबाट ट्राफिक सहितको प्रहरी टोलीे खटी गएको थियो । प्रहरीले यान्त्रिक कार्यालय मुल्कोटमा रहेको जे.सि.भि.को सहायताले स्थानिय र प्रहरीको सहयोगमा दिउँसो १.५ बजेको समयमा पहिरो पन्छाएपछि बाटो संचालनमा आएको हो । बाटो संचालनमा आए पछि होल्डमा रहेको सवारी साधन आ आफ्नो गन्तव्य तर्फ लागेका प्रहरीले जनाएको छ ।

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु
रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था
प्रतिकृया दिनुहोस