फिक्कल गाउँपालिकाका उत्कृष्ठ सासू–बुहारी सम्मानित

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८१, मंगलबार । 

सिन्धुलीको फिक्कल गाउँपालिकामा यस वर्ष पनि उत्कृष्ट सासू–बुहारी सम्मानित भएका छन् । गाउपालिकाकाले वार्षिक कार्यक्रम अन्तर्गत वडाका १ जोडी सासू–बुहारीलाई बर्सेनि सम्मान गर्दै आईरहेको छ । यस बर्ष पनि गाउँपालिकाले ६ वटा वडाका ६ जोडी सासु बुहारीलाई सम्मान गरेको छ।

गाउँपालिकाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरि मेलमिलापका साथ सासु बुहारी संगै बसेका ६ वटा वडाका १२ जना सासु बुहारीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । घरेलु हिंसा, लैङ्गिक हिंसामुक्त शान्तिपूर्ण समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्मानित हुनेमा वडा नम्बर १ का कुमारी माया सुनुवार, श्याम कुमारी सुनुवार, वडा नम्बर २ का नन्दकुमारी राउत, नन्दकुमारी खत्री राउत, वडा नम्बर ३ का शोभा राना मगर, सरिता माया मगर रहेका छन् ।

साथै, वडा नम्बर ४ का विष्णुमाया क्याप्छाकी मगर, मीना कुमारी सामल मगर, वडा नम्बर ५ का पुष्ट कुमारी भुजेल, गोमा भुजेल र वडा नम्बर ६ का  देशमाया राई, रामप्यारी राइ रहेका छन् । 
 

 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु 

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था

radiosindhuligadhhi

सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति एमाले हरिहरपुरगढी गाउँकमिटिको आपत्ति

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति नेपाल कम्युनिष्ट पार्टी एमाले हरिहरपुरगढी गाउँपालिका

radiosindhuligadhhi

मरिणका २ जना अटो चालक महिलाहरु नगद सहित सम्मानित

रेडियो सिन्धुलीगढी, २५ फागुन २०८१, आईतबार । सिन्धुलीको मरिण गाउँपालिकाले अटो चालक महिलाहरुलाई सम्मान गरेकोे छ । ११५ औ अन्तराष्ट्रिय नारी दिवसको