मरिणका २ जना अटो चालक महिलाहरु नगद सहित सम्मानित

रेडियो सिन्धुलीगढी, २५ फागुन २०८१, आईतबार ।
सिन्धुलीको मरिण गाउँपालिकाले अटो चालक महिलाहरुलाई सम्मान गरेकोे छ । ११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले अटो चालक महिलाहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा मरिण गाउँपालिका ४ की सिता बराईली र वडा नम्बर ७ की लालीकान्छी वाईबा रहेका छन् । गाउँपालिकाले हिजो शनिबार एक कार्यक्रमका बिच उनीहरुलाई नगद ४ हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरेको थियो ।
सवारी साधन चलाएर साहसिक र आर्थिक रुपमा आफै आत्मनिर्भर हुने काम गरेकाले काममा थप हौसला बढाउँन अटो चालक महिलाहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
.jpeg)
सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस