सिन्धुलीमा विभिन्न कार्यक्रम गरि ११५ औ अन्तराष्ट्रिय महिला दिवस मनाईयो

रेडियो सिन्धुलीगढी, २५ फागुन २०८१, आईतबार ।
“सबै महिला तथा बालिकाको लागी : अधिकार, समानता र सशक्तिकरण”भन्ने मुल नाराका साथ सिन्धुलीमा ११५ औ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा कमलामाई नगरपालिकाले ¥यालीको साथमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
कमलामाई नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्याल सिन्धुली, मानव तथा राष्ट्रिय विकास समाज ह्याण्ड्स नेपाल सिन्धुलीको साझेदारीमा भएको कार्यक्रममा प्ले कार्ड सहित ¥याली संचालन गरिएको थियो । कमलामाई नगरपालिका अगाडी बाट सुरु भएको ¥याली १ नम्बर बजार, २ नम्बर बजार हुदै खुल्ला मन्चमा आई सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रलायलका मन्त्री शुकुमाया तामाङले सबैजना मिलेर महिलाको अधिकार र समानताको लागी काम गर्नु पर्ने बताउँनु भयो ।
उहाँले संविधानले महिलाहरुको बिषयमा निर्दिष्ट गरेको हकहितको संरक्षण गर्नका लागी पनि महिलाहरु आआफ्नो क्षेत्रबाट अगाडी बढ्न आवश्यक रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा ८ मार्च र महिलाको बिषयमा बागमती प्रदेश पत्रकार महासंघका उपाध्यक्ष विमला पाण्डेले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
दिवसकै अवसरमा साँझ नगरपालिका अगाडी दिप प्रज्जवल गरिएको थियो ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रलायलका मन्त्री शुकमाया तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराई, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्दराज काफ्ले, महिला संघका प्रतिनिधि, नगरपालिकाका सम्पुर्ण शाखा प्रमुखहरु, पत्रकार लगायत सरोकारवालाहरुकाको उपस्थिति रहेको थियो ।

हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, १५ माघ २०७९, आईतबार / हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चोरीको मोटर साईकल र स्कुटि सहित सिन्धुलीमा २ जना प्रकाउ
रेडियो सिन्धुलीगढी, ०६ बैशाख २०७९, मंगलबार / सिन्धुलीमा चोरीको स्कुटि र मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागमति प्रदेश ०२–०३१

सिन्धुलीमा चोरी मुद्दामा ५ बर्षदेखि फरार रहेका २ जना व्यक्ति पक्राउ
रेडियो सिन्धुलीगढी, १० चैत २०७८, बिहिबार / सिन्धुलीमा चोरी मुद्दामा फरार रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
प्रतिकृया दिनुहोस