हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १५ माघ २०७९, आईतबार / हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवसको अबसरमा आयोजित उक्त कार्यक्रम आईतबार हरिहरपुरगढी गाउँपालिकामा सम्पन्न भएको हो । कार्यक्रममा हरिहरपुरगढीको विकास र प्रर्वद्धन गर्न के गर्न सकिन्छ भनेर छलफल गरिएको थियो । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पे्रस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा, प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका पुर्वसभापति मिनकुमार दाहाल, भुमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, नेपाल पत्रकार महासँघ बागमती प्रदेश सचिब राजन गाउँले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

चोरीको मोटर साईकल र स्कुटि सहित सिन्धुलीमा २ जना प्रकाउ

 रेडियो सिन्धुलीगढी, ०६ बैशाख २०७९, मंगलबार /  सिन्धुलीमा चोरीको स्कुटि र मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागमति प्रदेश ०२–०३१

radiosindhuligadhhi

सिन्धुलीमा चोरी मुद्दामा ५ बर्षदेखि फरार रहेका २ जना व्यक्ति पक्राउ

रेडियो सिन्धुलीगढी, १० चैत २०७८, बिहिबार / सिन्धुलीमा चोरी मुद्दामा फरार रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

radiosindhuligadhhi

सिन्धुलीमा मैनाली समाज नेपाल जिल्ला कार्य समितिको ८ औँ साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०५ चैत २०७८, शनिबार सिन्धुलीमा मैनाली समाज नेपाल जिल्ला कार्य समितिको ८ औँ साधारण सभा सम्पन्न भएको छ । जिल्लाको हरिहरपुरगढी