सिन्धुलीमा चोरी मुद्दामा ५ बर्षदेखि फरार रहेका २ जना व्यक्ति पक्राउ

SITENAME


रेडियो सिन्धुलीगढी, १० चैत २०७८, बिहिबार / सिन्धुलीमा चोरी मुद्दामा फरार रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका वडा नं.४ स्याङ्बाले बस्ने २८ बर्षीय भिम बहादुर स्याङ्तान र क.न.पा.४ सातपत्रे बस्ने २७ बर्षीय सबिन बस्नेतलाई बिहिबार प्रहरीले प्रकाउ गरेको हो । 

स्याङ्तानलाई जिल्ला अदालतको २०७३ भदौ ७ गतेको फैसला (लगत नं.९६२) ले १० दिन  कैद, ३५ हजार र बस्नेतलाई ३४ हजार ४ सय २५ रुपैया जरीवाना तोकेको थियो ।जरीवान नबुझाई फरार उनीहरुलाई खोज तलास गर्ने क्रममा कमलामाई नगरपालिका वडा नं.६ स्थित अधेरी पुल बाट हिडीरहेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।

उनीहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी माथिका दुई खोलाको संगममा बन्यो ठूलो ताल, फेरि निम्तिन सक्छ संकट 

११ भदौ २०८३, बिहिबार । चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ । छोचेन खोला र

SITENAME

हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, १५ माघ २०७९, आईतबार / हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

SITENAME

चोरीको मोटर साईकल र स्कुटि सहित सिन्धुलीमा २ जना प्रकाउ

 रेडियो सिन्धुलीगढी, ०६ बैशाख २०७९, मंगलबार /  सिन्धुलीमा चोरीको स्कुटि र मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागमति प्रदेश ०२–०३१