कमलामाई नगरपालिका ९ भिमानबाट बिल नभएको ३० बोरा चिनी बरामद

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, बिहिबार ।

 सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानबाट बिल नभएको ३० बोरा चिनी बरामद गरिएको छ । हिजो बुधबार दिउँसो २ बजे सर्लाहीबाट दोलखा तर्फ जादै गरेको म.प्र.०३–००१ ख ९९७५ नम्बरको  ट्रकबाट भिमान चेकपोष्टमा खटिएको प्रहरी टोलिले चिनी बरामद गरेकोे हो ।

दोलखा भिमेश्वर नगरपालिका ९ बस्ने अन्दाजी ४२ बर्षीय विशाल तामाङले चलाएको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा चामल भित्र लुकाई छिपाई ल्याएको बिल नभएको एकलाख पाँच हजार बराबरको ३० बोरा (प्रति बोरा ५० के.जि.) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण

रेडियो सिन्धुलीगढी, ०६ जेठ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । नगरपालिकाको

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को