कमलामाई नगरपालिका १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण

रेडियो सिन्धुलीगढी, ०६ जेठ २०८१, आईतबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । नगरपालिकाको चालू आर्थिक बर्ष २०८० / ०८१ को लक्षित विकास कार्यक्रम अन्तर्गत विपन्न एकल महिला आयआर्जन कार्यक्रमको लागि विनियोजित बजेटबाट वडाका एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।
विपन्न एकल महिलाहरुको आयआर्जन वृृद्धि गर्ने उदेश्यले १५ जना विपन्न एकल महिलाहरुलाई एक एक वटा जमुना पारी बयर क्रस जातको १५ वटा बाख्राको पाठी गरिएको हो ।
कमलामाई नगरपालिका वडा नम्बर १० को आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष दिप बहादुर कार्की, वडा सचिव दान बहादुर रजन मगर, वडा सदस्यहरु गुणहरि पौडेल र कमल कुमार कार्की, पशु प्राविधिक हिरा बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
.jpeg)
सिन्धुलीमा पौडी खेल्ने क्रममा दहमा डुबेर १६ बर्षीय किशोरको मृत्यु
रेडियो सिन्धुलीगढी, २४ वैशाख २०८२, बुधवार । सिन्धुलीमा पौँडी खेल्ने क्रममा दहमा डुबेर एक किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका खुर्कोट घर भई

हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, २३ वैशाख २०८२, मंगलवार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्धारा जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया
रेडियो सिन्धुलीगढी, १३ वैशाख २०८१, शनिबार । ऊद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले जिल्लास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना
प्रतिकृया दिनुहोस