कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेलको टावरमा कुकर बम विस्फोट

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २९ चैत २०८०, बिहिबार ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ खट्टारमा रहेको एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ । गएराती २ः ४५ बजेको समयमा खट्टारमा रहेको एनसेलको टावरमा अचानक केहि पड्कीएको जस्तो आवाज आएको भन्दै स्थानीयले प्रहरीकोमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुगी हेर्दा अपरिचित मानिसले टावर परिषरको उत्तर तर्फको तारको जाली काटेर भित्र पसि बम पड्काएको र बिष्फोट बाट टावरको बक्समा क्षती पुगेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।

टावरको परिसर भित्र र बाहिरबाट  पिपुल लिबरेशन आर्मी जनमुक्ति सेना नामक पर्चा पम्प्लेट समेत फेला परेकोे र घटनामा संम्लग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण

रेडियो सिन्धुलीगढी, ०६ जेठ २०८१, आईतबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० का विपन्न एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । नगरपालिकाको

युवा नागरिक स्कोर कार्ड कार्यक्रम शिद्धबाबा मा.वि पानीट्याङकीमा सम्पन्न

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङकीमा युवा नागरिक स्कोर कार्ड कार्यक्रम सम्पन्न

radiosindhuligadhhi

सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न

रेडियो सिन्धुलीगढी, १ जेठ २०८१, मंगलबार ।  सिन्धुलीको सुनकोसी गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८० / ८१ को