तीनपाटनमा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता आज बाट सुरु


सिन्धुली ।

सिन्धुलीको तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गसिल्ड  प्रतियोगिता आज बाट सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा चन्द्रवति माध्यमिक विद्यालय बेलघारीको सह–आयोजनामा आज शनिबारबाट सुरु भएको प्रतियोगिता पर्सि सोमबार सम्म चल्ने छ ।

प्रतियोगितामा गाउँपालिकाको २१ वटा सामुदायिक र १ सस्थागत तरी २२ वटा विद्यालयका ४३४ छात्रा, ४३५ छात्रहरुको सहभागी रहेको प्रतियोगिताका ब्यवस्थापन तथा निर्देशन समितिका सदस्य एवं सूचना अधिकारी सविता श्रेष्ठले जानकारी दिनुभयो ।  चन्द्रवति माध्यमिक विद्यालय बेलघारीमा ३ दिन सम्म चल्ने प्रतियोगितामा एथ्लेटिक्स तर्फ १३ वटा ( दौड, हाइजम्प, लम्जम्प, सट्पूmट लगायत), १ कवर्डी र १ भलिवल गरी १५ विधामा छात्रा–छात्राहरुले प्रतिस्पर्धा गर्नेेछन् । 

उद्घाटन कार्यक्रममा चन्द्रावति माध्यमिक विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शेर बहादुर मगर, गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामी, ११ वटै वडाका वडाध्यक्षहरु तथा समाजसेवी क्षेत्र बहादुर दाहाल लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने

रेडियो सिन्धुलीगढी, २६ माघ २०८१, शनिबार । सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने भएको

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  रेडियाे सिन्धुलीगढी, १३ माघ २०८१, आईतबार । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक

radiosindhuligadhhi

तीनपाटनमा पालिका स्तरीय प्रथम खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता संचालन हुने

रेडियो सिन्धुलीगढी, २७ जेठ २०८१, आईतबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा पालिका स्तरीय प्रथम खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता संचालन