मरिण गाउँपालिका ५ बडीमुहानमा वडा स्तरीय पुरुष फुट्बल प्रतियोगिता संचालन हुने 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०६ मंसिर २०८०, बुधबार ।

सिन्धुलीको मरिण गाउँपालिका ५ बडीमुहानमा वडा स्तरीय पुरुष फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको दशौ पार्टी पुर्नगठन दिवसको अवसरमा पश्चिम जिल्ला सिन्धुली मरिण गाउँपालिकाको आयोजनामा उक्त प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगिताको भोलि बिहिबार पार्टीका केन्द्रिय सदस्य शसी सिले उद्घाटन गर्नुहुने छ । प्रतियोगिता पर्सि ८ गते शुक्रबार सम्म संचालन हुने छ । अहिले सम्म ८ वटा टिम दर्ता भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट प्रथम हुने टिमलाई १० हजार नगद, दोस्रो हुने टिमलाई ५ हजार र तेस्रो हुने टिमलाई २ हजार ५ सय नगद सहित प्रमाण पत्र प्रदान गरिने पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य जनक सिले जानकारी दिनु भयो । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न 

रेडियो सिन्धुलीगढी, ११ पुष २०८०, बुधबार । तीनपाटन गाउँपालिकामा गत शनिबारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड

तीनपाटनमा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता आज बाट सुरु

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपती रनिङ्गसिल्ड  प्रतियोगिता आज बाट सुरु भएको छ । गाउँपालिकाको

radiosindhuligadhhi

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन

रेडियो सिन्धुलीगढी, १३ कार्तिक २०८०, सोमबार / तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ । मरिण गाउँपालिका ७ वाह्रविसेको खेल