तीनपाटन गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ११ पुष २०८०, बुधबार ।

तीनपाटन गाउँपालिकामा गत शनिबारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता सम्पन्न भएको छ । चन्द्रावती माध्यमिक विद्यालय वेलघारीमा हिजो मंगलबार सम्पन्न भएको हो । 

यहि पौस ७ गते देखी ९ गते सम्म सञ्चालन हुने भनिएता पनि चर्को घामको कारण खेल सञ्चालन हुन नसक्दा १ दिन थपि १० गते सम्पन्न गरिएको आयोजकले जनाएकोे छ ।  खेलमा एथ्लेटिक्स तर्फ १३ वटा ९ दौड, हाइजम्प, लम्जम्प, सट्पूmट लगायत० १ कर्वडी र १ भलिवल गरी छात्रले  १५ विधा छात्राले १५ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

गाउँपालिकाको आयोजना तथा चन्द्रावति माध्यमिक विद्यालय बेलघारीको सह–आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका २१ सामुदायिक र १ सस्थागत तरी २२ वटा विद्यालयका छात्र–छात्राहरु सहभागी भएका थिए ।  प्रतियोगीतामा चम्पादेवि मा।बि गडाम्रे ६ स्वोर्ण ४ रजत ० कास्य , १० पदक सहित प्रथम, मावि लाम्पान बतासे ६ स्वोर्ण, ० रजत, २ कास्य गरी ८ पदक सहित दोस्रो तथा भवानी मा।वि भिमस्थान ४ स्वोर्ण २ रजत, ६ कास्य १२ पदक सहित तेस्रो भएको छ । प्रथम हुने लाई २० हजार नगद, द्धितिय हुेनेलाई १५ हजार नगद र तृतिय हुनेलाई १० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र वितरण गरिएको थियो । 

विद्यालय व्यावस्थापन समितिका जेष्ठ सदस्य टेक बहादुर बलको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं। १ का संघिय सांसद स्यामकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तीनपाटन गाउपालीका अध्यक्ष कर्ण बहादुर थापा मगर, निमित्त प्रमुख प्रसाशकिय अधिकृत युवराज काफ्ले, सिन्धुली जिल्ला समन्वय समिति सदस्य दान बहादुर तमाङ, तीनपाटन गाउँपालीका वडा नं। १ का वडाध्यक्ष गोविन्द बहादुर राउत, २ का वडाध्यक्ष मुकुन्द प्रसाद पौडेल, ३ का वडाध्यक्ष लाल बहादुर स्याङतान लगायत जनप्रतिनिधि तथा शरोकारवालाहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

अधिकाश वक्ताहरुले व्यवस्थित खेल मैदान नहुदा खेल सञ्चालनमा समस्या भएको तथा आर्थिक कठिनाई भएको गुनासो राखेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि स्यामकुमार घिमिरेले विद्यालय सञ्चालनमा प्रधानाध्यापक र व्यावस्थापन समितिको ठुलो भूमिका हुने भएको हँुदा गाउँपालिका स्तरिय प्रतिस्पर्धा गरायर प्रधानाध्यापकको छनौट गर्न स्थानिय सरकारलाई सुझाव दिनुभएको थियो ।

 खेल क्षेत्रमा पयाप्त बजेट पार्न पहल गर्ने, चदाहा खोलामा दिर्घकालिन नदी नियन्त्रण गर्न १ करोड पारेको अव ३ करोड सम्म पुर्याउने लक्ष रहेको, निर्वाचन ताका आपूmले गरेका वचन बद्धता ५ वर्ष भित्र पुरा गरेरै छाडने प्रतिवद्धता गर्नुभएको थियो । 

१ वर्षमै काम नभए निराश नहुन आग्रह गर्नुभयो । आपूm जनताको जनप्रतिनिधि भएकोले जस्तोसुकै समस्या लिएर जो आएनी राजनैतिक विभेद नगरी सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । त्यस्तै सिन्धुली–चक्मके, नवलपुर–डकाहा सडकको निर्माणकार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरेरै छाडने बताउनुभयो । 
खेल तयारी गर्दा वा खेल्ने क्रममा घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले उपचार खर्च पालिकाले व्यहोर्ने बताउँनु भयो ।

साथै, गाउँपालिकाभित्र उपयुक्त खेल मैदान छनौट गरी व्यवस्थित खेल मैदानको निर्माण कार्य गर्ने, आगामी दिनमा खेलकुदका लागी थप बजेटको व्यवस्था गर्ने बताउँनु भएको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि 

रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार  १३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ ।

radiosindhuligadhhi

सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने

रेडियो सिन्धुलीगढी, २६ माघ २०८१, शनिबार । सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ संचालन हुने भएको

radiosindhuligadhhi

हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  रेडियाे सिन्धुलीगढी, १३ माघ २०८१, आईतबार । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक