विजया दशमीको अवसरमा चकमकेमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

रेडियो सिन्धुलीगढी, १७ असोज २०८३, शनिबार ।
विजया दशमी २०८३ को अवसरमा सिन्धुलीको तीनपाटन गाउँपालिका ११ चकमकेमा पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सेति सुन्दरी युवा क्लब चकमकेको आयोजनामा असोज २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
दशैंको अवसरलाई खेलकुदसँग जोड्दै स्थानीय युवाको प्रतिभा पहिचान, खेलकुदको विकास तथा खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा र आपसी भाइचाराको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक सेति सुन्दरी युवा क्लबले जनाएको छ । क्लबका अनुसार प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाबाट कुनै आर्थिक सहयोग प्राप्त नभएको र स्थानीय युवाहरूको आफ्नै लगानी तथा सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खेलाडीलाई प्रोत्साहनस्वरूप उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामार्फत गाउँपालिकाभित्रका युवा खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन् भने विभिन्न क्लब तथा टोलीबीच आपसी समन्वय र सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहभागीताका लागी इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टोली दर्ता गराउन सेति सुन्दरी युवा क्लबले आग्रह गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले २ हजार ५ सय दर्ता शुल्क र १ हजार धरौटी बुझाउनुपर्नेछ ।
प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलप्रेमी, युवा, क्लब तथा शुभेच्छुकहरूको सहयोग र सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको

अध्यक्ष कप फुटबल प्रतियोगिता : आज भएको पुरुषतर्फको खेलमा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ३ विजयी
रेडियो सिन्धुलीगढी, २९ वैशाख २०८३, मंगलबार । हरिहरपुरगढी गाउँपालिकामा गत आइतबारदेखि सुरु भएको छैटौँ अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आज

हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
रेडियो सिन्धुलीगढी, २७ वैशाख २०८३, आईतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज (आईतबार) एक





प्रतिकृया दिनुहोस