हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु 

SITENAME

रेडियो सिन्धुलीगढी, २७ वैशाख २०८३, आईतबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज (आईतबार) एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा आठ वटा वडाका आठ/आठ वटा महिला र पुरुष टिमको सहभागिता रहेको छ । प्रतियोगिताबाट पुरुषतर्फ प्रथम हुने टिमलाई नगद एक लाख र द्धितीय हुने टिमलाई ५० हजार नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ ।

साथै, महिला तर्फ प्रथम हुने टिमलाई नगद ४० हजार र द्धितीय हुने टिमलाई २० हजार नगद सहित शिल्ड र मेडल प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

युवा तथा खेलकुद विकास समतिको आयोजनामा आज (आईतबार) बाट सुरु भएको फुटबल प्रतियोगिता जेठ २ गतेसम्म चल्ने छ । 

प्रतिकृया दिनुहोस
SITENAME

अध्यक्ष कप फुटबल प्रतियोगिता : आज भएको पुरुषतर्फको खेलमा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ३ विजयी

रेडियो सिन्धुलीगढी, २९ वैशाख २०८३, मंगलबार । हरिहरपुरगढी गाउँपालिकामा गत आइतबारदेखि सुरु भएको छैटौँ अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आज

SITENAME

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख ८ देखि संचालन हुने

रेडियो सिन्धुलीगढी, २७ चैत २०८२, शुक्रबार । १४ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास

SITENAME

फिक्कलमा बैशाख १ गते तेस्रो खुल्ला अल्ट्रा म्याराथन प्रतियोगिता हुने 

रेडियो सिन्धुलीगढी, २४ चैत २०८२, मंगलबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा तेस्रो खुल्ला महिला तथा पुरुष अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ ।