गोलन्जोर आधारभुत अस्पतालमा पोस्टमार्टम सेवा सुरु

SITENAME

रेडियो सिन्धुलीगढी, १५ असोज २०८३, बिहिबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटारमा रहेको गोलन्जोर आधारभुत अस्पतालमा पोस्टमार्टम सेवा सुचारु भएको छ । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आफ्नो सामाजिक संञ्जाल फेसबुक मार्फत पोस्टमार्टम गृहको निर्माण सम्पन्न भई आवश्यक उपकरणहरूसमेत जडान भएपश्चात आज (बिहिबार) बाट यो सेवा सुचारु भएको जानकारी दिनुभएको हो ।

“स्थानीयस्तरमै सहज र सुलभ सेवा उपलब्ध गराउन हामी सधैँ प्रतिबद्ध छौ । पालिकामै यो सेवा सुरु भएपछि अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।” उहाँले फेसबुकमा लेख्नुभएको छ । 

यस अस्पतालबाट गोलन्जोर लगायत छिमेकी पालिकाहरुका नागरिकहरुले ओपीडि सेवा, २४ औँ घण्टा आकस्किम सेवा, सुत्केरी गराउने मातृ तथा शिशु सेवा, गाउँ घर क्लिनिक (समुदायमा स्वास्थ्य सेवा), बालबालिका तथा गर्भवतीका लागी नियमिति खोप सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा, परिवार नियोजन, स्वास्थ्य परामर्श लगायतका सेवा लिईरहेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : कमलामाईका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान

रेडियो सिन्धुलीगढी, १६ असोज २०८३, शुक्रबार । ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कमलामाई नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई सम्मान

SITENAME

सिन्धुलीको धुराबजार बाट लागु औषध सहित एक पुरुष पक्राउ

रेडियो सिन्धुलीगढी, १५ असोज २०८३, बिहिबार । सिन्धुलीको कमलामाई  नगरपालिका ६ धुराबजार बाट लागु औषध सहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा

SITENAME

दुधौलीबाट लागु औषध सहित सप्तरीका दुई जना पक्राउ

रेडियो सिन्धुलीगढी, १४ असोज २०८३, बुधबार । प्रहरी चौकी दुधौली सिन्धुलीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

↑