दुधौलीबाट लागु औषध सहित सप्तरीका दुई जना पक्राउ

रेडियो सिन्धुलीगढी, १४ असोज २०८३, बुधबार ।
प्रहरी चौकी दुधौली सिन्धुलीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्त गाउँपालिका ४ बस्ने ३२ बर्षीय कृष्ण कुमार यादब र सोहि स्थानका २१ बर्षीय देबेन्द्र यादव रहेका छन् ।
दुधौली नगरपालिका ७ पोखरेमा आज (बुधबार) बिहान साढे १० बजेको समयमा ईटहरीबाट काठमाडौ तफै आउँदै गरेको बा प्र ०१००७ ख १४५३ नम्बरको हायसलाई चेकजाँच गर्ने क्रममा हायसमा सवार उनीहरुलाई प्रहरीेले प्रक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लास्टिक बाहेक ५ ग्राम ०३ मिलिग्राम फेला पारेको थियो । उनीहरुलाई लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय डकाहामा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

हरिहरपुरगढी गाउँपालिका २ र ४ वडा अन्तर्गतका होटल तथा पसलहरुको अनुगमन
रेडियो सिन्धुलीगढी, १३ असोज २०८३, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ र ४ अन्तर्गत मदन भण्डारी लोकमार्ग आसपासमा रहेका ९ वटा

विश्व पर्यटन दिवसमा ‘फोर्ट स्टेज राइड’ को तेस्रो संस्करणको तयारी: हरिहरपुरगढीमा अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव
रेडियो सिन्धुलीगढी, १० असोज २०८३, शनिबार । नेपालको ऐतिहासिक सम्पदा संरक्षण र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ३९०.५ किलोमिटर

मिलिजुली बचत तथा ऋण सहकारीको २४ औँ बार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । जिल्लाको कमलामाई








प्रतिकृया दिनुहोस